स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
३० बैशाख , बाह्रबिसे ।
अहिले समय भनेको महामारीसँग जुध्नुपर्ने समय भएकोले सबै पक्ष एकजुट भएर लाग्नुपर्छ सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताएका छन् । तीनवटै तहको सरकारविच समन्वयको अभाव भईरहेको समयमा भएको केन्द्रीय राजनैतिक खिचातानीलाई लक्ष्यित गर्दै शेर्पाले सो कुरा बताएका हुन् ।
‘नयाँ भेरियन्ट सहितको कोभिड -१९ संक्रमणको दर नेपालमा तीव्र गतिमा फैलिरहेको र यो फैलने दर हाल विश्वको दोस्रो स्थानमा रहेको विभिन्न सञ्चार माध्यमबाट जानकारी भैरहेको छ । यस्तो जटिल अवस्थामा संघीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार बीच सहकार्य र समन्वय हुनुपर्ने आजको परिस्थिति सृजना भएको अवस्था छ ।’ मेयर शेर्पाले भने-‘हामीलाई आइसोलेसन, औषधी , अक्सिजन, उपकरणहरू इत्यादीको व्यवस्था गरि कोभिड १९ लाई नियन्त्रण गर्न हम्मे हम्मे परिरहेको छ ।’ यस्तो विकराल अवस्थामा राष्ट्रमा राजनीतिक खिचातानीले नेकपा एमाले पार्टीभित्र दुई पक्षमा विभाजनको कुराले गर्दा पार्टी भित्र झगडा , मनमुटाव र द्वन्द चलिरहेको र दुबै पक्षका कार्यकर्ताहरू तड्पेर रुनुपर्ने अवस्था आएको उनले बताए ।
यतिबेला जसरी पनि पार्टीको एकता जोगाईराख्न पर्ने र यसको लागि विगतको कुराहरूलाई बिर्सिएर पार्टीले गरेको निर्णय , विधि र विधानलाई टेकेर एकधिक्का भई अगाडी बढ्नु पर्ने उनले बताए । महामारीको विरूद्व लड्नु परिरहेको यो महत्त्वपूर्ण समयमा राजनीतिक खिचातानी छोडी जनताको जिउधनको सरक्षा तर्फ ध्यान दिन उनले पार्टी नेतृत्वलाई अनुरोध गरेका छन् ।
उनले सबै राजनीतिक दलहरू , संघ-संस्थाहरू, सुरक्षा निकाय, स्वास्थ्यकर्मीहरू, समाजसेवी, बुद्विजीवि लगायत नागरिक समाज र विशेष गरि युवाहरू आ-आफ्नो स्थानबाट कोभिड नियन्त्रणका लागि एक जुट भई सहयोग गरिदिन समेत अनुरोध गरेका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।