स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२० जेठ, बराम्ची ।
सिन्धुपाल्चोकको जुगल गाँउपालिका ५ स्थित रत्नराज्य माध्यमिक विद्यालयमा सञ्चालित आईसोलेशनमा रहेका ए व्यक्तिले आत्महत्या गरेका छन् । कोरोना पुष्टि भई सामान्य स्वास्थ अवस्था भएका ती व्यक्तिले आईसोलेशन भवनको तेस्रो तल्लाबाट हाम फाली आत्महत्या गरेका हुन् ।
जिल्लाकै बलेफी गाँउपालिका ६ का ५३ वर्षीय रत्नबहादेर तामाङले आईसोलेश भवनको तेस्रो तल्लाबाट हाम फाली आत्महत्या प्रयास गरेको आईसोलेशन व्यवस्थापन समितिका संयोजक पुष्पराज तिमल्सिनाले बताए । गत जेठ १७ गतेदेखि उपचारको लागि केन्द्रमा आएका तामाङले राति करिब १ बजे भवनको तेस्रो तल्लाबाट हाम फालेका र केन्द्रमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले उद्दार गरि उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्युु भएको तिमल्सिनाले बताए ।
सामान्य अवस्थामा उपचाररत तामाङले रातको समयमा झ्यालबाट हाम फाली आत्महत्या प्रयस गरेको र उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जुगल गाँउपालिकाद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८