स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२ असार, मेलम्ची ।
सिन्धुपान्चोकको हेलम्बुदेखि उर्लिएर नदि किनार करिडाेरमा बितण्डा मच्याउँदै आएकाे बाढीले सदरमुकाम चाैतारा जाेड्ने पक्कि पुल बगाएकाे छ । राति करिब पाैने २ बजेकाे समयमा चाैताराबाट नवलपुर हुँदै सवारी बाट मेलम्ची जाेड्ने पुल बाढीले भत्काएकाे हाे ।
याे संगै बाढीले गरेकाे प्रारम्भिक क्षतिहरुमा हेलम्बुकाे नाकोते पुल, मेलम्ची खानेपानीको हेडवक्स, तिम्बु बजार, चनौटे बजार, खोला किनारका ८ माछा फर्महरु, खेती योग्य जमिन, अामा ह्याेल्माे बसपार्क, सिटि पार्क रहेकाे स्थानीयले जनाएका छन् ।मानवीय क्षति सहित मेलम्चिमा बहुउद्देश्यीय कभर्डहल, मेलम्ची फन पार्क, हाेटल रेष्टुरेन्ट, घर घडेरी, खेत, पुल, ट्राउट फर्म आदि गरि अर्बौं काे क्षति भएको स्थानुय सिपी दुलालले बताउनु भयो ।
मानवीय क्षतीको वास्तविक विवरण आएको छैन्।
मेलम्ची बाढीबाट बिस्थापित भएकाहरू अधिकांशले अाजकाे रात खुला अाकाशमा बिताएका छन् । बाढीकाे जाेखिम झनै बढेपछि सुरक्षित स्थान खाेज्दै बिस्थापितले रात कटाएका छन ।
अविरल बर्षाका कारण उर्लदाें खाेलाले घर कटान गर्ने सम्भावना भएकाले नदि करिडाेरका बासिन्दा माथि माथि सरेर ज्यान जाेगाउनेतिर लागेका हुन् । हेलम्बुका किउलबासी घरमाथि रहेकाे बारीकाे पाटालाई अाश्रय लिएर सुरक्षित स्थानमा सरेकाे किउलका अर्जुन भण्डारीले जानकारी दिनुभयो। खाेलाकाे वहाव अझै उस्तै रहेकाले गाउँवासीमा त्रास अझै बढेकाे उहाँको भानाइ छ । ।
ग्याल्थुमवासी पनि भागदाैडपछि बस्तीमाथि सरेका छन् ।
यता मेलम्ची बजारका स्थानीय आफ्नाे थलाे छाडेर सार्वजिक जग्गामा बसेका छन ।स्थानिका अनुसार मेलम्चीवासीले आजकाे रात ज्यान जाेगाउन नगरपालिकाकाे कार्यालयकाे प्रांगण, शेरा फाँट, ईन्द्रावती क्याम्पसलाई रात कटाउने थलाेका रूपमा लिएका छन् ।
बाढीले दर्जनाैं बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । बिद्युत अापुर्ती बन्द भएकाले उद्दार गर्न सकिएकाे छैन । कति क्षति भयाे भन्ने एकिन हुन सकेकाे छैन ।
वर्षा नथामिएकाले समस्या उत्पन्न भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकाेटाले जानकारी दिनुभयो । हेलम्बुमा रहेकाे प्रहरी कार्यालय भवनसम्म बाढी पसेकाे छ । सडकहरू बगाएकाे स्थानीयले जानकारी दिएका छन ।
मेलम्ची अायाेजनाकाे काम गर्नेहरू बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसिसकेकाे छ । अम्बाथानकाे सशस्त्र क्याम्प पनि जाेखिममा रहेकाे डिएसपी सापकाेटाले जानकारी दिनुभयो ।
घटनाकाे थप बिस्तृत विवरण अझै अाउन बाँकी छ ा साझ पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं 3 भोताङ स्थित लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र लार्के भन्दा माथी भीषण पहिरोले इन्द्रावती नदी लगभग एक घण्टा थुनिएको थियो । उता हेलम्बु गाउँ पालिका १ मेलम्ची खानेपानी मुहान माथी नाकोतेमा भीषण पहिरोले मेलम्ची खोला थुनिएको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।