स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१६ असार, नवलपुर ।
सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिकाले जिल्लामै पहिलोपटक डिजीटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । गाँउपालिकाको कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताको लागि बुधबारबाट यो बडापत्र सञ्चालनमा ल्याइएको हो ।
सो डिजीटल बडापत्रको प्रयोगले सेवाग्राहीले आफ्नो कामको सम्बन्धमा सम्पुर्ण जानकारी सजिलै प्राप्त गर्नेछन् । आफुले प्राप्त गर्न खोजेको सेवा सो बडापत्रमा हेरेपछि त्यसको लागि आवश्यक कागजपत्र, दस्तुर तथा सेवा लिन प्रयोग गर्नुपर्ने सम्पुर्ण जानकारी थाहा पाउन सकिन्छ । सो काम गर्नको लागि जानुपर्ने कोठा तथा त्यस कोठामा रहेका कर्मचारीको विवरण समेत सोही बडापत्रमा हेर्न सकिने गाँउपालिकाका सुचना प्रविधि अधिकृत मनोज दंगालले बताए । सो डिजीटल बडापत्रमा गाँउपालिकाको सम्पुर्ण जानकारी समेत हेर्न सकिन्छ । गाँउपालिकाको कुनै शाखाले दिने सेवा सम्बन्धि जानकारी लिन समेत सोही बडापत्रको प्रयोग गर्न सकिनेछ ।
‘कार्यालयमा आउने कुनै पनि सेवाग्राहीले आफ्नो कामको बारेमा जानकारी लिन कसैलाई सोध्नु नपर्ने गरी यो डिजीटल बडापत्र तयार गरिएको छ ।’ सुचना प्रविधि अधिकृत दंगालले भने —‘गाँउपालिकाबाट प्रदान हुने हरेक सेवाका बारेमा विस्तृतमा जानकारी राखिएको छ ।’ यो डिजीटल बडापत्र अपाङ्गमैत्री समेत छ । यो बडापत्रको डिजीटल बोर्डमा आफुले चाहेको सेवामा थिचेपछि अडियो र भीडियो सन्देशमार्फत जानकारीहरु प्राप्त हुन्छ । हेरेर र सुनेर जानकारी लिन सकिने हुनाले दृष्टी तथा श्रवणमा समस्या भएका सेवाग्राहीले समेत यसको प्रयोग गर्न सक्दछन् । अधिकृत दंगालका अनुसार यो सेवा सिन्धुपाल्चोक जिल्लामै पहिलो हो ।
गाँउपालिकामा आउने सेवाग्राहीले सेवा लिन आँउदा प्रकृया बुझ्नै लामो समय लाग्न थालेपछि यस्तो सेवा सञ्चालन गरिएको गाँउपालिकाका अध्यक्ष बंशलाल तामाङले बताए । यो सेवासँगै छिट्टै टोकन सेवा पनि सञ्चालन गर्ने तयारी भइरहेको छ । ‘हामी सकेसम्म सेवाग्राहीलाई बिना झण्झट सजिलै र छिट्टै सेवा कसरी दिन सकिन्छ भनेर सोेचीरहेका छौं ।’ गाँउपालिका अध्यक्ष तामाङले भने —‘त्यसकै लागि हामीले स्मार्ट हेल्प डेस्क नाम दिएर यो सेवा सञ्चालन गरेका हौं ।’ सेवाग्राहीले सजिलै बुझ्ने गरी सबै जानकारी पाउन सकिने गरी स्मार्ट सहायता कक्ष सञ्चालन गरिएको अध्यक्ष तामाङले बताए ।
सो डिजीटल नागरिक बडापत्रमा गाँउपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरुको विवरणका साथै विभिन्न विषयगत शाखाबाट प्रदान हुने सबै सेवाहरुको जानकारी समेत समेटिएको छ । बडापत्र गाँउपालिकाकाे सुचनापाटीकाे रूपमा समेत प्रयाेग हुनेछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।