Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० मंसिर १७, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

मेलम्ची क्षेत्रमा प्रधानमन्त्रीको अवलोकन

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ अषाढ २६, शनिबार (२ साल अघि)
मेलम्ची क्षेत्रमा प्रधानमन्त्रीको अवलोकन

२६ असार, मेलम्ची ।

बाढीको २५ दिनपछि प्रधानमन्त्री केपि शर्मा ओलीले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकन गरेका छन् । असार १ गते आएको बाढी पहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा ठुलो जनधनको क्षती भएपछि प्रधानमन्त्री ओलीले आज बाढिग्रस्त क्षेत्रको अवलोकन गरेका हुन् ।

बाढी प्रभावितसँग भेटघाट गरी ढाडस दिन ढिलोगरी सो क्षेत्र पुग्नुभएका प्रधानमन्त्री ओलीले हेलम्बु क्षेत्रका बाढी प्रभावितसँग भेटघाट गरेपनि मेलम्ची क्षेत्रमा भने कुनै पनि बाढी पीडितसँग भेट नगरी फर्कीएका थिए ।

यस्तो भयो हेलम्बुमा

काठमाण्डौबाट हेलीकप्टरमार्फत हेलम्बु गाँउपालिकाको किउल, गणेशे बगरमा पुग्नुभएको थियो । गणेशे बगरमा आएका बाढी पीडितसँग भेटेर छलफल गरेका थियो । हेलम्बु गाँउपालिकालाई मेलम्ची खानेपानी विकास समितिले दिएको १ करोड ५० लाख रुपैंया र मेलम्ची खानेपानी साउकाले दिएको १ करोड हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले सरकार सँधै जनताको साथमा रहेको बताए । ‘तपाईंहरु अहिले ठुलो बिपत्तीमा हुनुहुन्छ, आफन्त र सम्पत्ति पनि गुमाउनु भएको यस्तो अवस्थामा धैर्य गर्नुको बिकल्प छैन ।’ तिनै तहका सरकार मिलेर क्षतीग्रस्त सबै संरचना पुनः पुरानै अवस्थामा फर्काउनको लागि आफुहरु प्रतिबद्ध रहेको समेत प्रधानमन्त्री ओलीले बताउनुभयो । उक्त कार्यक्रममा हेलम्बु गाँउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा भने उपस्थित भएका थिएनन् ।

आफुलाई ढिला गरी खबर आएकोले आफु सो कार्यक्रममा आउन नसकेको गाँउपालिका अध्यक्ष शेर्पाले बताए । गाँउपालिकाका अध्यक्ष वा कुनेै अरु जिम्मेवार प्रतिनिधि कार्यक्रममा उपस्थिती नभएपछि गाँउकार्यपालिका सदस्य लक्ष्मी सुनारले मेलम्ची खानेपानी विकास समितिले दिएको १ करोड ५० लाख रुपैंया र मेलम्ची खानेपानी साउकाले दिएको १ करोड रुपैंयाको चेक लिएका थिए ।

मेलम्चीमा के भयो ?

हेलम्बुबाट हेलीकप्टर चढेरै मेलम्ची फर्केका प्रधानमन्त्री ओली मेलम्चीमा रहेको कालीजंग गणको ब्यारेकमा उत्रीए । ब्यारेकबाट मेलम्ची बजारमा रहेका बाढी प्रभावितहरुसँग भेटघाट गर्ने योजना सहित गाडीको लस्कर लगाएर मेलम्ची बजार झरे । तर मेलम्ची बजारमा बाजारबसीले ढिला गरी अवलोकनमा आएको र नगरपालिकाले समेत केही नगरेको आक्रोस पोख्ने डर सुरक्षा निकाएलाई परेको थियो । सोही डरका कारण आफ्नो स्वास्थ्य अवस्था त्यती राम्रो नभएको भन्दै प्रधानमन्त्री ओली बजारको बाटो घुमेर गाडीबाट नओर्लीकनै नगरपालिकाको कार्यालय हुँदै टारमा पुगेर केहीबेर मेलम्ची बजार र बाढी आएको नदी अवलोकन गरेका थिए । हेलम्बुमा बाढी प्रभावितसँग भेट गरेपनि ओलीले मेलम्ची बजारका बाढीपिडीतसँग भने भेट गरेनन् ।

हेलीकप्टरबाट मेलम्ची उत्रेका ओली गाडीमा मेलम्ची बजार घुमेर कडा सुरक्षाका विच केहीबेर बजार र नदी हेरेर पुनः सैनीक ब्यारेक फर्कीएका थिए । सैनीक ब्यारेकमा आयोजित औपचारीक कार्यक्रममा प्रधानमन्त्री ओलीले बाढीले क्षतिग्रस्त घर, बिद्यालय, लगायत सबै संरचना छिटो निर्माण हुने भन्दै सगै आएका यातायात मन्त्री वसन्त नेम्वाङ लाई निर्माण कार्य थाल्न निर्देशन दिएका थिए । बाढीबाट बिस्थापितलाई अस्थायी आवसका लागि १५ सय बण्डल जस्ता र प्रति परिवार नगद ५० हजार तत्काल प्रदान गर्ने प्रधानमन्त्री ओलिले बताए । गत बर्ष गठन गरेको बिपद जोखीम न्युनिकरण प्राधिकरण मार्फत तोकिएको मापदण्डअनुसार यस क्षेत्रका पीडितलाई आवस निर्माणकार्यका लागि रकम प्रदान गरिने प्रधानमन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री सगै भौतिक यातायात मन्त्री वसन्त नेम्वाङ ,प्रधानमन्त्री पत्नी राधिका शाक्य ,पुर्व मन्त्री शेरबहादुर तामाङ, दावा तामाङ, गृह सचीव लगायत सरकारी अधिकारीहरु हेलम्बु क्षेत्रमा आएका थिए । प्रधानमन्त्री ओलीले मेलम्ची नगरपालिकालाई मेलम्ची खानेपानी विकास समितिले दिएको ५० लाख रुपैंया र मेलम्ची खानेपानी साउकाले दिएको ६० लाख रुपैंया हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

  • जिल्लाकै प्रमुख गौराति मेला सुरु

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

  • हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

  • निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकले पायो थापाको नेतृत्व

    निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकले पायो थापाको नेतृत्व

    • ताजा अपडेट
    • २४ घण्टामा

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    मालिकादेवि कपको फाइनलमा साँगाचोक र चौतारा भिड्दै, मन्त्री दुलालले समापन गर्ने

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    समाचार
    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0