स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
साउन १, हेलम्बु ।
सिन्धुपाल्चोको हेलम्बु गाँउपालिक वडा नं. ३ का अध्यक्ष छिरीङ लामाले गाँउपालिकाको पर्यटन विकास तथा संस्कृती संरक्षण विकास समितिकाे प्रमुख पदबाट राजिनामा दिएका छन् । गाँउपालिकाबाट धार्र्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकासमा गाँउपालिको पुर्ण सहयोग प्राप्त नभएको भन्दै आफ्नो पदबाट राजिनामा दिएका हुन् ।
लामालाई २०७५ साल जेठ ९ गते गाँउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सो पदमा जिम्मेवारी दिएका थिए । आफु सो पदमा रही सो क्षेत्रमा उल्लेख्य अवसरहरु रहँदा रँहदै पनि गाँउपालिकाको पुर्ण सहयोग प्राप्त हुन नसकेकोले कुनै पनि कार्य गर्न नसकेको राजिनामा पत्रमा उल्लेख छ ।
वडाध्यक्ष लामाले राजिनामासँगै वडा कार्यालय सञ्चालनको लागि समेत कार्यबाहक प्रदान गरेका छन् । आफ्नो स्वास्थ्यमा समस्या आएको भन्दै लामाले साउन १ गतेदेखि भदौ मसान्तसम्म दुइ महिनाको लागि वडा सदस्य दमाइसिं तामाङलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी प्रदान गरेका हुन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८