स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१७ साउन, सिन्धुपाल्चोक ।
असार १ गतेको हेलम्बु-मेलम्ची बाढीले जोखिम पुर्याएको हेलम्बु गाउँपालिकाको चनौटेमा रहेको रातो पक्की पुल बगाएको छ । आज बिहान बजेतिर हेलम्बु ७ चनौटेमा रहेको रातो पक्की पुल बगाएको हो ।
हिजो साँझबाट सो नदीमा असार १ को जस्तै लेदो सहितको बाढी आएको थियो । राति खोला केही घटेर चनौटे बजार र रातोपुल जोगिजे आश पलाएको भएपनि विहान पुनः खोलाको उचाइ बढेर पुल बगाएको स्थानिय अर्जुन भण्डारीले बताए । यो पुल बगाएसँगैं हेलम्बु गाउँपालिका कार्यालय र मेलम्ची खानेपानी आयोजना सडकसम्पर्कबाट विच्छेद भएको छ ।
शनिबार रातिबाट आएको बाढी बढ्दै गएपनि बिहान उक्त पुल बगाएको हो । रातिबाट नै पुलको माथि हुँदै पानी बगेको थियो ।पुल बगाएपछि हेलम्बु गाउँपालिकाको १,२ र ३ नम्बर वडा पूर्णरुपमा सम्पर्कविच्छेद भएको छ । त्यस्तै मेलम्ची नगरपालिकाको वडा ७ र ८ तथा पाँचपोखरि थाङ्पाल गाँउपालिकका को वडा नं १ र २ समेत सम्पर्क विच्छेद भएको छ ।
रातिको बाढीको कारण थप ४० घरमा क्षति पुग्नु का साथै एक पक्की पुल सहित १ झोलुङ्गे पुल समेत बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार बेलुकी साढे नौ बजे आएको बाढीले हेलम्बुको किउल क्षेत्रमा ६ र मेलम्ची नगरको मेलम्ची बजारमा ६ घर बगेका छन्। त्यस्तै हेलम्बु–४ ग्याल्थुम बजार जोड्ने झोलुंगे पुल बगाएको छ। ‘पाँच वटा कच्ची र ७ वटा पक्की गरी एक दर्जन घर मेलम्चीले बगायो, ग्याल्थुम बजारका ४० घर जोखिममा छन्,’ उनले भने।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।