स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१९ साउन, मेलम्ची ।
असार १ को बाढीको निरन्तरता अझै कायम छ । पछिल्लो पटक साउन १६ गतेबाट पुनः उर्लिएको भ्रेमाथाङ बाढिले ६७ घर बगाएको छ ।
गएराती मात्रै बाढीले मेलम्ची बजारको सात घर आफुमा लीन गराएको छ । मेलम्ची नदीमा आएको निरन्तरको बाढीले उर्लिन रोकिएको छैान् । असार १ को बाढीले डुबानमा परेका घर नदीले कटान गरेर बगाएको हो । बाढीका कारण अहिलेसम्म सुरक्षीत रहेको बाहुनेपाटी बजार समेत जोखिममा परेको छ ।
मेलम्ची बजार पिपलबोटका हरीशरण श्रेष्ठसहितको ६ र पुरानो बजारको १ घर बगाएको हो। हेलम्बुका किउल, चनौटे, ग्याल्थुम लगागत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए।
असार १ को बाढीपछि बैकल्पिक सडकको रुपमा सञ्चालन भएको निर्माणाधीन बाहुनेपाटी पुल समेत जोखिममा परेको छ । चनौटे ग्याल्थुम र ढुंगे बजार, बाढीले मेलम्ची–१२ मा रहेको मध्य पहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल जोखिममा परेको हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८