स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२३ साउन, काठमाण्डौं ।
असार १ गतेदेखि लगातार बाढीको प्रकोपमा परेका सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु तथा पाँचपोखरीका स्थानियहरुको व्यवस्थापनमा तत्काल राहतको व्यवस्थापन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीको ध्यान आकृष्ट गराएका छन् । बाढीबाट विस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न राप्रपाले सरकारसँग माग गरेको हो ।
शनिबार प्रधानमन्त्री शेर बहादुर देउवालाई उनकै सरकारी निवास बालुवाटारमा भेट गरी राप्रपाका अध्यक्ष पशुपति शमशेर राणासहितका नेताहरुले बाढीबाट विस्थापित भएकाहरुलाई तत्काल सुरक्षित बाससहितको राहतको व्यवस्था गर्न माग गरेका हुन् । बाढीबाट ठूलो दुःख र पीडा भोगेर बसेका त्यहाँका स्थानीयलाई सुरक्षित बासको व्यवस्था मिलाउन प्रधानमन्त्री देउवालाई भेटेर ध्यानाकर्षण गराइएको अध्यक्ष राणाले जानकारी दिए । राप्रपाले बाढीबाट ज्यान गुमाएका र बेपत्ता भएका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
त्यसैगरी, बाढीले बगाएको स्थानीय पुल, सडक, विद्युत, खानेपानी लगायतका स्थानीय पूर्वाधार पुनर्निर्माण गर्न पनि ढिलाइ नगर्न सरकारलाई सचेत गराइएको छ । अध्यक्ष राणाले भन्नु भने, ‘पुल, बाटोघाटो लगायतका स्थानीय संरचना सम्पूर्ण निर्माण हुनु प¥यो । विस्थापित परिवारलाई राखिदिने उचित ठाउँको व्यवस्था हुनुप¥यो । क्षति भएका मानिसहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्नु प¥यो । त्यो मेलम्चीका जनताको चित्कारलाई तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीसँग आग्रह गरिएको छ ।’
राप्रपाले बाढीको कटानबाट मेलम्ची र त्यस वरपरको खेतीयोग्य जमिन जोगाउनका लागि तत्काल तटबन्ध निर्माण गरिदिन पनि सरकारसँग अनुरोध गरेको छ । अध्यक्ष राणाले सरकारले बाढीग्रस्त क्षेत्रका नागरिकलाई छिट्टै उचित राहतको व्यवस्था गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।