स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२८ साउन, चौतारा ।
सिन्धुपाल्चोकको भोटेकोसीका पासाङ नोर्बु शेर्पालाई अन्तर्राष्ट्रिय अवार्डले सम्मान गरिएको छ । बिश्व युवा दिवसको अवसरमा International Human Rights Advisory Council ले आयोजन गरेको ‘बिश्व युवा सम्मेलन-२०२१’ मा नोर्बुलाई उत्प्रेरात्मक युवा नेतृत्वशीप’ ( Inspiring Leadership Award )अवार्डबाट सम्मानित गरिएको हो ।
तरुण दल केन्द्रिय सदस्य तथा न्यानोपन नेपालका महासचिव समेत रहेका नोर्बुलाई आज बिहिवार भर्चुअल माध्यम जुममा भएको सम्मेलनबाट सो सम्मान गरिएको हो । बाढी पहिरो जस्ता प्राकृतिक विपत्ति तथा कोरोना महामारी लगायतका समयमा अग्रस्थानमा रहेन उद्दार तथा राहतमा उनले गरेको कामको उच्च मुल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको हो । नोर्बुले मानव अधिकार , विश्व शान्ति तथा सद्भावको क्षेत्रमा उल्लेख भुमिका निर्वाह गर्दै आफ्नै व्यक्तिगत पहलमा विभिन्न सामाजिक कार्य गरेको सम्मानपत्रमा उल्लेख छ ।
उनको प्रेरणादायी नेतृत्व क्षमता तथा परोपकारी कार्यको उच्च सम्मान गर्दै यो अवार्ड प्रदान गरिएको हो । विश्वका विभिन्न मुलुकका युवाहरूलाई प्रदान गरिने यो सम्मान यो बर्षको लागि नेपालबाट उनले पाएका हुन् । यस्ता सम्मानले सिन्धुपाल्चोक सहित नेपालकै शिर उच्च बनाउने उनले बताए ।
नोर्बुले सिन्धुपाल्चोक जिल्ला सहित नेपालका धेरै स्थानमा कोरोना महामारीको समयमा अक्सिजन सिलिन्डर तथा स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै कोभिड संक्रमितलाई आफ्नै खर्चमा उपचारको व्यवस्था समेत गरेका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।