स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१ भदौ, चरीकोट ।
दोलखा जिल्लाको चरिकोट अस्पतालमा कार्यरत डा. विनोद दंगाललाई अन्तराष्ट्रिय सम्मान प्रदान गरिएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका—७, कल्लेरीका स्थायी बासिन्दा रही दोलखाको सदरमुकाममा रहेको चरिकोट अस्पतालका प्रमुख डा. दंगाल एसियाका उत्कृष्ट डाक्टरको रुपमा छनोट भइ सम्मानीन भएका हुन् ।
एसिया अवार्डनेश संस्थाले सामाजिक सेवा र स्वास्थ्य सेवा तर्फ गुणस्तरीय सेवा दिए बापत दगांललाई नेपालबाट उत्कृष्ट रहेकाले अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरेको हो । २० भन्दा बढी देशहरु सहभागी प्रतिस्पर्धामा संस्थाले उनलाई नेपालबाट उत्कृष्ट डाक्टर घोषणा गर्दैै सम्मान गरेको हो । १० वर्ष भन्दा बढि समय एकै स्थानमा गुणस्तरीय सेवा दिएको, निशुल्क स्वास्थ्य सेवा प्रणालीमा काम गरेको र विद्युतीय प्रणालीको प्रयोग गरी कोभिड १९ को उपचारमा विशेष योगदान गरेको भन्दै डा. विनोद दंगाललाई अन्तर्राष्ट्रिय अवार्ड दिइएको जनाइएको छ ।
अवार्ड भारतको तमिलनाडुमा अगामी अक्टोबर १४ मा हुने एक समारोहका बीच प्रदान गरिने छ । दोलखामा चर्चित डाक्टरको रुपमा चिनिएका दंगालको नेतृत्वमा चरिकोट अस्पतालमा संचालन हुँदै आएको छ । नीजि अस्पतालले कोभिडको बाहाना बनाउदै शल्यक्रिया गर्न नमानेको बेला डा. दगांलले भने चरिकोट अस्पतालमा शल्यक्रिया सेवा प्रदान भइरहेको छ । चरिकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपमा परिणत गरी डा. दगांलकै नेतृत्वमा बिभिन्न रोगका विरामीहरुले साना तथा ठुला अपरेशन गर्न राजधानीमा जानु पर्ने अबस्था अन्त्य भएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।