स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
९ भदौ, सुकुटे ।
सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका ३, कालीकाको छाप भन्ने स्थानमा यात्रुबहाक बस दुर्घटना हुँदा घाइतेको संख्या ३७ पुगेको छ । यसअघि गाडीमा च्यापिएका अन्य दुइ जनाको अवस्था भने गम्भीर रहेको छ ।
घाइतेमध्ये १५ जनाको सिन्धु सदावहार अस्पताल, खाडीचौरमा र २० जनाको धुलीखेल अस्पताल, काभ्रेपलाञ्चोकमा उपचार भइरहेको छ । खाडीचौरमा रहेका घाइतेहरुको अवस्था सामान्य रहेको र धुलीखेलमा रहेका २० जनाको अवस्था पनि खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सुचना अधिकारी एवम् प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए । गाडीमा च्यापीएर बसकेका दुइजना पुरुषको भने अवस्था नाजुक रहेकोले उनीहरुलाई उपचारको लागि धुलिखेल अस्पताल लगिदैंगरेको बस्नेतले बताए ।
बुधबार सुनकोशी गाँउपालिकाको ठोकर्पाबाट काठमाण्डौको लागि छुटेको कोशीपारी यातायातको बा ३ ख ८०३० नम्बरको बस दुर्घटना भएको हो । बस ढलान गरिएको घुम्ती सडकबाट करिब ३० मिटर तल खसेको छ ।
बसको चालक तथा सहचालकको पहिचान नभइसकेकोले दुर्घटना के कारणले भएको हो भन्ने खुल्न नसकेको उनले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८