स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२९ भदौ , चौतारा ।
राष्ट्रिय जनगणना २०७८ अन्तर्गतको पहिलो चरणको घरपरिवार सुचिकरणको लागि सम्पूर्ण तयारी पूरा भएको छ । घरपरिवार सुचिकरणका लागि सिन्धुपाल्चोक जिल्लाभर एक सय १४ सुपरिवेक्षक खटिएका हुन् ।
भोलि भदौ ३० गतेबाट असोज १८ गतेसम्म घरधुरी सुचिकरण गर्ने राष्ट्रिय कार्यक्रमको सिन्धुपाल्चोकमा सबै तयारी पूरा भएको हो । राष्ट्रिय जनगणनाको निर्धारित कार्यक्रमअनुसार भदौ २७ र २८ गते सुपरिवेक्षकहरूलाइ पुनर्ताजगी तालिम दिइएको थियो । सो तालिम सम्पन्न भएपछि आज भदौ २९ गते सबै सुपरिवेक्षकहरुलाइ आवश्यक गणना सामग्री सहित कार्यक्षेत्रमा खटाइएको हो । ‘सिन्धुपाल्चोक जिल्लाभर एक सय १४ जना सुपरिवेक्षणकले घरपरिवार सुचिकरणको काम गर्नेछन् ।’ जिल्ला जनगणना कार्यालयका प्रमुख कुलप्रसाद न्यौपानेले भने -‘सबै सुपरिवेक्षकहरु सुचिकरण फारम लगाएत सबै आवश्यक सामग्रीसहित आजै कार्यक्षेत्रमा पुगिसक्नुभएको छ ।’
‘मेरो गणना, मेरो सहभागीता’ नारा रहेको यसवर्षको जनगणना कोरोना महामारीको कारण ढिलो सुरु भएको हो । असार ८ गते सम्पन्न हुने लक्ष्यका साथ अभियान शुरु गरिएकोमा कोभीड संक्रमण बढ्दै गएपछि स्थगित भएको थियो । नयाँ कार्यक्रमअनुसार भदौ ३० बाट असोज १८ सम्म घरपरिवार सुचिकरण गरिसकीन छ । मुख्य गणना कार्य भने कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ ।
जनगणना कार्यमा परिवारमा अक्सर बसोबास गर्ने सदस्यको मात्रै तथ्यांक संकलन गरिनेछ । जो जहाँ अक्सर बसोबास गर्छन्, त्यहीँबाट उनिहरुको विवरण संकलन गरिने जिल्ला जनगणना अधिकृत न्यौपानेले बताए । त्यसैले परिवारमा सँगसँगै बसिरहेका सदस्यको मात्रै विवरण टिपाउन समेत कार्यालयले आग्रह गरेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।