स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
३० भदौ , चौतारा ।
मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिकास्थित चनौटेको रातोपुल बगाएको स्थानमा बेलिबृज बन्ने भएको छ । सो स्थानमा बेलिबृज बनाउनको लागि अर्थ मन्त्रालयले ९० लाख ५३ हजार रुपैयाँ निकासा दिएको हो ।
चनौटेको रातोपुल साउन १७ को बाढिले बगाएको थियो । पुल बगाएको करिब एक महिनामै अर्थ मन्त्रालयले अस्थायी रुपमा बेलिबृज निर्माणका लागि रकम उपलब्ध गराएको हो ।
“सिन्धुपाल्चोक जिल्लाको चनौटेमा बेलिब्रिज जडान गर्न आवश्यक रकम निकासाको लागि लेखी आएको विषय पेश हुँदा अनुमानित लागत रु ९० लाख ५३ हजारको सीमा भित्र रही सडक विभागको विनियोजित बजेट भित्रैबाट खर्च गर्ने र बजेट अपुग भएमा थप बजेट व्यवस्थापनको लागि लेखी पठाउन जानकारी गराउने मिति २०७८ | ०५।१८ मा निर्णय भएको व्यहोरा अनुरोध छ ।” अर्थ मन्त्रालयद्वारा गृह मन्त्रालयलाई लेखिएको पत्रमा उल्लेख छ ।
बेलिबृज बनाउनको लागि रकम निकासा भएपछि हेलम्बु गाँउपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सहयोगी सबैलाई धन्यवाद दिएका छन् । ‘रातोपुलमा बेलीबृज राखी छाड्ने मेरो प्रतिबद्धता अनुरूप बजेट निकासा भएको छ ।’ अध्यक्ष शेर्पाले खुल्लापानासँग भने-‘साथ र सहयोगको निम्ति नेपाल सरकार र सरकारका बिभिन्न निकाय प्रति हेलम्बू गाऊँ पालिका आभारी छ ।’ पुल नहुँला हेलम्बु गाँउपालिकाको पुरै भाग सहित मेलम्ची नगरपालिका र पाँचपोखरि थाङपाल गाँउपालिकाका केही वडा सडक सञ्जालबाट विच्छेद भएका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।