स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
३० भदौ, चौतारा ।
अपर तामाकोशी जलविद्युत आयोजनाको प्रसारण लाइनको टावर बनाउने क्रममा टावरबाट खसेर घाईते एकजनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका १३, जल्कीने नर्सिङ्डाँडामा टावर बनाउने क्रममा भारतीय नागरीक शेख मतिउरको मृत्यु भएको हो ।
मतिउर गत भदौै २६ गते टावरको करिब १३ फिट माथिबाट खकेका थिए । टाउको, छाती तथा शरिरको विभिन्न भागमा चोट लागि गम्भिर घाइते भएका उनलाई उपचारको लागि मध्यपुर अस्पताल, भक्तपुर लगिएकोमा उनको आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सुचना अधिकारी प्रनाउ दक्षकुमार बस्नेतले बताए ।
२८ वर्षीय मतिउर एलएनटी कम्पनीका ढेकेदार मार्फत टावर निर्माण गर्ने कार्य गर्दै आएका थिए । भारतको बंगालमाल्दा सतघरीयाका मतिउरको आफन्त समेत सँगै काम गर्ने भएका कारण उनको शब पोस्टमार्टम गरी भारत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८