स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
काठमाडौं, भदौ ३१।
नेपाल टेलिकमले कोभिड रोकथाम सम्बन्धी जनचेतना जगाउने ‘रिङटोन’को सबदलामा राष्ट्रिय जनगणनाको रिङटोन बजाउन थालेको छ । राष्ट्रिय तथ्याङ्क विभागको अनुरोधमा निःशुल्क रुपमा दुरसञ्चार प्राधिकरणले यो सन्देश बजाउन थालेको हो ।
जनगणनाको पहिलो चरणको घर तथा घरपरिवार सुचिकरणको समय भदौ ३०देखि असोज १८ गतेसम्म पहिलो चरणमा र मुख्य जनगणना हुने कात्तिक २५ देखि मंसिर ९ गतेसम्म पुनः अर्को चरणमा जनगणना कार्यक्रममा सहभागी हुन आग्रह गरिएको रिङ्टोन बज्ने राष्ट्रिय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।
प्रत्येक व्यक्तिसँग मोबाइल फोन हुने भएकोले सूचना प्रवाहका लागि यसरी सन्देश दिँदा महा प्रभावकारी हुने विभागको विश्वास छ । ‘जनगणनालाई सफल पार्नका लागि सबै व्यक्तिलाई सन्देश पुर्याउन यो प्रक्रिया प्रभावकारी महशुस गरेका छौं ।’ निर्दशक लामिछानेले भने -‘अन्य सञ्चारमाध्यमबाट सन्देश दिन बजेट कम भएका कारण यो विधि अपनाएका हौं ।’
नेपालमा कोरोना संक्रमण बढ्न थालेपछि नेपाल टेलिकम र एनसेलको रिङ्टोनमा कोभिड रोकथाम सम्बन्धी सन्देश बजाउन थालिएको थियो । झन्डै डेढ वर्षपछि मोबाइलमा फरक प्रकारको सन्देश बन्न थालेको हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८