स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
८ असोज, सिन्धुपाल्चोक ।
बागमती प्रदेशका विभिन्न जिल्लाका १८ जना पत्रकारहरुका लागि पाँच दिने मल्टीमिडिया तथा अनलाइन पत्रकारिता तालिम सञ्चालन गरिएको छ । बागमती प्रदेश सरकारको सञ्चार रजिष्ट्रारको कार्यालयले सिन्धुपाल्चोकको सुकुटेमा सो तालिम सञ्चालन गरेको हो ।
नेपालको सातवटा प्रदेशमध्ये बागमती प्रदेशले मात्रै सञ्चार रजिष्ट्रारको कार्यालय स्थापना गरेको छ । सो कार्यालय स्थापना भएपछि प्रदेशका विभिन्न स्थानमा पत्रकारहरुका लागि नविनतम् ज्ञान दिनको लागि विभिन्न तालिमका कार्याक्रमहरु सञ्चालन गरिरहेको सञ्चार रजिष्ट्रार रेवती सापकोटाले बताए । सुकुटेकाे भाेटेकाशी विच रिसाेर्टमा सचालन भएकाे तालिममा प्रशिक्षकहरू प्रवेश सुवेदी र उमेश श्रेष्ठले सहजीकरण गरेका थिए ।
यस्ता तालिमहरुले कोरा ज्ञान मात्रै लिएर बसेका पत्रकारहरुको लागि अत्यन्तै नविन ज्ञान दिएको तालिमका सहभागी शुशिल पोख्रेलले बताए । छापा वा विद्युतिय सञ्चारमाध्यमबाट विश्व नै अनलाइन सञ्चारमाध्यममा रुपन्तरित भइसकेको अवस्थामा यस्ता ज्ञानहरु आफुहरुलाई धेरै उपयोगी हुने उनले बताए ।
नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष जिवन श्रेष्ठले यस्ता तालिमपछि आफुले पनि अभ्यास गरिरहने हो भने अब्बल पत्रकार बन्न सक्ने बताए । ‘तालिममा सिकेको सिप मात्र पर्याप्त हुँदैन ।’ अध्यक्ष श्रेष्ठले भने —‘तालिममा सिकेको सिपका आधारमा अध्यास गरिरहने हो भने आफु नयाँ जमाना अनुसार अपग्रेट हुन सकिन्छ ।’ संधै अर्काको मीडियामा कामदार भएर बसेका पत्रकारले आफैले मीडिया सञ्चालन गरेर अरुलाई रोजगार समेत दिन सकिने उनले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।