स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१९ असोज, काठमाण्डौ ।
राष्ट्रिय जनगणना २०७८ को पहिलो चरण अन्तर्गतको घर तथा घरपरिवार सूचिकरण प्रक्रियामा विवरण टिपाउन छुट भएका परिवारहरुलाई केन्द्रीय तथ्याङ्क विभागसँग सम्पर्क गर्न अनुरोध गरिएको छ । विभागले एक सुचना जारी गर्दै छुट भएका परिवारलाई अनलाइन आवेदन भरी विभागको सम्पर्कमा आउन सुचना गरेको हो ।
राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको घर तथा घरपरिवार सूचिकरणका लागि तथ्याङ्क सङ्कलन गर्न यहि मिति २०७८ भाद्र ३० देखि असोज १८ गतेसम्म प्रत्येक घरपरिवारमा जनगणना सुपरिवेक्षकहरु घरघरमा पुगेका थिए । यदि यस अवधिमा कुनै कारणवश आफ्नो परिवारको विवरण जनगणना सुपरिवेक्षकलाई टिपाउन छुटाउनु भएको छ भने उक्त फाराम भरी केन्द्रीय तथ्याङ्क विभागलाई खवर गर्न विभागले अनुरोध गरेको हो ।
घरदैलोमा खटिआएका सुपरिवेक्षकहरुलाई विवरण लेखाइ सक्नु हुनेले यो फाराम भर्नु पर्दैन । फारम भरिसकेपछि सम्बन्धित व्यक्तिलाई उपयुक्त हुने समयमा सुपरिवेक्षकले सम्पर्क गर्नेछन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८