स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१९ असोज, चौतारा ।
नेपाल पत्रकार महासँघ, सिन्धुपाल्चोक शाखाले जेष्ठ पत्रकारलाई मासिक भत्ता सुविधा उपलब्ध गराउन थालेको छ । ६० वर्ष उमेर कटेका क्रियाशिल पत्रकारलाई महासँघले मासिक एक हजार भत्ता उपलब्ध गराउन थालेको हो ।
आज सिन्धुपाल्चोकमा रहेर लामो समयदेखि क्रियाशील रहेका पत्रकार राम केसीलाई ज्येष्ठ पत्रकार सहायता रकम मासिक एक हजारको दरले बार्षिक १२ हजार रुपैंया एकमुष्ट हस्तान्तरण गरेर यसको शुरुवात गरिएको छ । महासंघले ६० वर्ष नाघेकालाई यस्तो सहायता उपलब्ध गराउने नीति अनुरुप केसीलाई सहयोग गरिएको हो ।
हरेक वर्ष ६० वर्ष नाघेका क्रियाशील पत्रकारलाई दिइने यो रकम यो वर्ष केसीमात्रै ६० वर्ष कटेकाले उनलाई प्रदान गरिएको पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले बताए । केसी अस्वस्थ्य भएकाले उनका धर्मपत्नी टीकालक्ष्मी केसीलाई चेक हस्तान्तरण गरिएको थियो । उनलाई पेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले १२ हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।
नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकले आयोजना गरेको चियापान तथा जेष्ठ पत्रकार सहायता हस्तान्तरण कार्याक्रममा उक्त रकम हस्तान्तरण गरेका हुन् । ‘सामाजिक सुरक्षा भत्ता स्वरुप पत्रकारलाई यस्तो सहायता प्रदान गरिन थालिएको हो,’ अध्यक्ष श्रेष्ठले भने —‘यो हरेक वर्ष निरन्तर चल्नेछ ।’
२००३ सालमा जन्मेका केसी अझै पत्रकारितामा सक्रिय छन् । हाल केसी नेपाल समाचारपत्र दैनिक र राष्ट्रिय समाचार समितिमा आवद्ध छन् ।
सो कार्यक्रममा काउन्सिलका अध्यक्ष बस्नेतले समेत केसीको कर्मको तारिफ गर्दै काउन्सिलले पनि उहाँको लागि केही न केही सहयता उपलब्ध गराउने बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।