स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
३१ असोज, चौतारा ।
मानसिक स्वास्थ्यमा समस्या आइ उपचार गराइरहेकी बेली विश्वकर्माको सम्पूर्ण उपचार खर्च चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४, कुविण्डेले व्यहोर्ने भएको छ । कुविण्डेकी विक केही समयदेखि मानसिक अस्पताल, पाटनमा उपचाररत छिन् ।
अस्पतालमा नै पुगेर चौतारा साँगाचोकगढी ४ का वडाध्यक्ष चुडामणि नेपालले बेलीलाइ भेटेर व्यक्तिगत १० हजार रूपैयाँ सहयोग गर्दैन उपचार खर्च समेत वडाले व्यहोर्ने बताएका हुन् । वडाध्यक्ष नेपालले अस्पतालमा पुगेर परिवारका सदस्य र चिकित्सकसंग बेलीको स्वास्थ अवस्थाबारे जानकारी लिएका थिए ।
‘बेलीको उपचार सहजीकरणका लागि आवश्यक पर्ने सम्पूर्ण कागजपत्र वडा मार्फत उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ’, वडाध्यक्ष नेपालले भने-‘उपचारमा लाग्ने सम्पुर्ण खर्च वडाका तर्फबाट व्यहोर्ने कुरा जानकारी गराउन चाहन्छु ।’
बेलीको उपचारका लागि आजै नेकपा माओवादी केन्द्र चौतारा साँगाचोकगढी ४ वडा कमिटीका अध्यक्ष भरत सापकोटाले समेत १० हजार रूपैंया सहयोग गरेका छन् ।
बेलीकै उपचार सहजीकरणका लागि चौतारामा सञ्चालीत साप्ताहिक साहित्यिक श्रृङखला शब्द सारथीले भने टिकटमा एकल कविता वाचन कार्यक्रम सञ्चालन गर्ने भएको छ । यहि कात्तिक ५ गते चौताराको होटल अरनिकोमा कवि सुन्दर शिरीषको एकल कविता वाचन गर्न लागिएको हो । सो कविता वाचनको लागि विक्री भएको टिकटको सम्पूर्ण रकम समेत बेलीको उपचारमा खर्च हुनेछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।