स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
४ कात्तिक, चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकामा भुस्याहा कुकुरको आतंक बढेपछि नगरपालिकाले कुकुर बन्ध्याकरण तथा रेबिज बिरुद्धको भ्याक्सिन लगाउने अभियान सुरु गरेको छ । आज पहिलो दिन ४० वटा कुकुर बन्ध्याकरण र ५५ वटा कुकुरलाई रेबिज बिरुद्दको भ्याक्सिन लगाइएको छ ।
एक दिनमा २ वटा वडाको दरले नगर भित्रका १४ वटै वडामा तालिम प्राप्त प्राविधिक आफै उपस्थित भै छाडा कुकुरहरुलाई समातेर साँगाचोकमा स्थापना गरिएको प्रयोगशाला शिविरमा लगिने र बेहोस बनाइ बन्ध्याकरण गरिने साथै रेबिज बिरुद्धको भ्याक्सिन लगाई छोडिने नगरपालिकाका नायब पशु स्वास्थ्य प्राविधिक रविन्द्र सापकोटाले बताए । नगरपालिकाको आर्थिक सहयोग, जनजागृती मावि साँगाचोक र हर्ट नेपालको प्राविधिक सहयोगमा संचालित उक्त कार्यक्रम जुगल बहुमुखी क्याम्पस, साँगाचोकमा ७ दिन सम्म चल्ने छ ।
घरपालुवा कुकुरहरुलाई भने कुकुर धनी आफैंले प्रयोगशाला स्थलमा ल्याउनुपर्ने आयोजकले बताएको छ । आज पहिलो दिन प्रयोगशाला स्थलमा पुगेका नगरप्रमुख अमान सिं तामाङले आफ्नो नगरपालिकामा भुस्याहा कुकुरको बिगबिगी रहेको र त्यसलाई नियन्त्रण गर्न पशुस्वास्थ्य बिज्ञान पठनपाठन गरिरहेको जनजागृती मावी साँगाचोकसंग समन्वय गरि यो शिविर राखिएको बताए । ‘चौतारा साँगाचोकगढी नगरपालिका भित्र मात्रै यो अभियान चलाएर हुँदैन, अब छिमेकी पालिकाहरुले पनि यस्तो अभियान चलाउनुपर्छ नत्र कुकुर नियन्त्रण हुँदैन ।’ मेयर तामाङले भने ।
घरपालुवा र छाडा गरि नगरपालिका भित्र मात्र १ हजार भन्दा बढी कुकुरहरु रहेको अनुमान गरिएको छ । दिनमा ४०÷४५ वटा को दरले बन्ध्याकरण गर्दा ७ दिनमा ३ सय जति कुकुरहरुको बन्ध्याकरण गर्न सकिने प्राबिधिक सापकोटाले बताए । जनजागृती माविको पशु बिज्ञान संकायमा अध्ययनरत बिध्यार्थीहरुलाई बन्ध्याकरण गर्दाको प्रत्यक्ष अवलोकन समेत गराइएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।