स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
७ कात्तिक, मेलम्ची ।
४० हजार रुपैंया लुट्न हत्या गरी मृतककै आँगनमा पुर्ने अभियोगमा प्रहरीले दुइ जना व्यक्ति पक्राउ गरेको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० सिम्लेफाँटका नेत्र प्रसाद दाहालको हत्या गरी फरार रहेका आरोममा काभ्रे खानीखोला ८ का कृष्ण मगर र सिन्धुपाल्चोक लिसंखुपाखर ७ का छिरीङ तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए । गत असोज १९ गते साँझदेखि हराएका दाहालको भोलिपल्ट घरकै आँगनमा बालुवामा पुरीएको अवस्थामा लाश फेला परेको थियो ।
घर अगाडि आँगनमा मानिसको दुवै खुटाको औँला मात्र देखिने गरी खाल्डो खनी वालुवाले पुरेको अवस्थामा ६३ बर्षीय दाहालको लाश फेला परेको थियो । घर अगाडी लाश फेला परेपछि प्रहरीले केनाईन महाशाखा, काठमाण्डौमा समन्वय गरि विशेषज्ञ सहित कुकुरको टोली झिकाइ अनुसन्धान शुरु गरेको थियो ।
घटनास्थल वरपर रहेका छरछिमेकका मानिसहरुले तीन दिन अघिदेखि मृतकको घरमा २ जना अपरिचित पुरुष व्यक्तिहरु आउने जाने गर्ने गरेको भन्ने सुचनाको आधारमा थप अनुसन्धान गर्दै जाँदा उनीहरु पक्राउ परेको प्रनाउ बस्नेतले बताए । मृतक दाहालले प्रयोग गर्ने मोवाईल मृतकको साथमा फेला नपरेको तर मोवाईल भने चालु नै रहेकोले सोही मोबाइलको लोकेसनको आधारमा काभ्रेका मगर पक्राउ परेका थिए । मगरलाई सोही दिन साँझ ७ बजे नै मेलम्चीस्थित हेलम्बु बसपार्कबाट पक्राउ गरिएको उनले बताए ।
मगर पक्राउ परेपछि उनैकै बयानको आधारमा सिन्धुपाल्चोकका तामाङलाई काठमाण्डौको गोकर्णेश्वर नगरपालिका ८ नारायणटारबाट असोज २८ गते पक्राउ गरिएको हो ।
४० हजार लुट्न हत्या
मृतक दाहाल र आरोपीहरुविच दाहालको घर बनाउन ठेक्का लिने सहमती भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । दाहालको घर भत्काई नयां बनाउनु पर्ने भएकोले मृतकसंग ठेक्कामा लिने दिने र असोज २० गतेबाट काम शुरु गर्ने सहमती भएको थियो । काम शुरु गर्न ४० हजार रुपैंया पेश्की दिने समेत मौखीख सहमती भएको खुल्न आएको प्रहरीको दावी छ । सहमती भएपछि आरोपीहरुले दाहालसँग नगदै भएको ठानी सो रकम लुट्नको लागि हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।
आरोपीहरुले असोज १९ गते राती नै दाहालको हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । आरोपीहरुमध्ये मगरले कोदालोले दाहालको टाउकोमा प्रहार गरेको र मृत्यु भएपछि दुवैजना मिलेर मृतककै घरअगाडी आँगनमा खाल्डो खनेर पुरेको प्रहरीको अनुसन्धानले बताएको छ ।
उनीहरुलाई कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।