स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
विशाल श्रेष्ठ
११ कात्तिक, दक्षिण कोरिया ।
सामाजिक सञ्जाल टिकटकमा ‘कामी’ शब्द उच्चारण गरी भीडियो बनाएपछि दक्षिण कोरीयामा रहेको दलितहरुको संगठन सशक्त दलित एकता समाजको ध्यानाकर्षण भएको छ ।
इपिएस मार्फत दक्षिण कोरिया पुगेको कामदार सुमन थापाले २३ अक्टोबरमा सामाजिक संजाल टिकटकमा भिडियो बनाउने क्रममा ‘कामी’ शब्दको प्रयोग गरेपछि संगठनले उनलाई कारबाही गर्नको लागि माग समेत गरेको छ । थापाले ‘कालु भाई’ नामको टिकटक एकाउन्टमा राखेको भीडियोमा कामी शब्द उच्चारण गरेपछि संगठनले विज्ञप्ती निकाल्दै कारबाहीको माग गरेको हो ।
उनले उक्त भिडियोमा लामो समयदेखि नेपाली समाजमा रहँदै आएको जातिय विभेदलाई बल पुग्ने उखान टुक्काको प्रयोग गरि भीडियो बनाएको र उत्पिडित समुदायको आत्मसम्मानमा ठेस पुर्याउनुका साथै महिलाहरुलाई पनि अपमान गर्ने खालका वाक्यहरु प्रयोग गरेकोमा आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।
‘नेपाली समाजमा दलित र महिलाहरुलाई होच्याउने, अपमान गर्ने खालका कैयन शब्दहरु छन । यस्ता शब्द र वाक्यले कुनै न कुनै किसिमको मानसिक हिंसा बोकेको हुनाले आम न्यायप्रेमीहरुलाई मान्य नहुने पनि उल्लेख गर्न चाहन्छौं, ’ बिज्ञप्तिमा भनिएको छ —‘भीडियो बनाउने क्रममा निज सुमन थापाले जातिय भेदभाव तथा छुवाछुत कसुर ऐन २०६८ को दफा ४ को उपदफा १२ अनुसारको कसुर गरेको पुष्टि हुन्छ ।’
थापाले उक्त टिकटक भीडियो भने डीलिट गरिसकेका छन ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।