स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२२ कात्तिक , मेलम्ची ।
मन्त्री बनेपछि पहिलोपटक मेलम्ची खानेपानी आयोजनाको मुहानक्षेत्र अम्बाथान पुगेका खानेपानी मन्त्री उमाकान्त चाैधरीले बाढी पछि अवरुद्ध मेलम्ची खानेपानी छिटै पुनः सञ्चालनमा आउने बताएका छन् ।
बाढीले गरेकाे क्षति अवलोकन गर्न आज सोमबार खानेपानी मुहान पुगेका मन्त्री चाैधरीले मेलम्ची खानेपानी पुनः छिट्टै काठमाडौं पुर्याउने बताएका हुन् । मन्त्री चाैधरी साेमबार निजि कम्पनिका २ वटा हेलिकप्टर प्रयोग गरि मेलम्ची खानेपानी मुहान अवलाेकन गर्न पुगेका थिए ।
काठमाडौंबासीले मेलम्ची खाेलाकाे पानी कहिले खान पाउँछन् भन्ने सञ्चारकर्मीहरुकाे प्रश्नमा मन्त्री चाैधरीले भने -‘अस्थायी रुपमा छिटै पानी पुनः सुरुङमा हाल्ने काम गरिहाल्छाैं । त्यसपछि बाढीपहिराे राेकथामकाे दीर्घकालिन समाधान बिस्तारै खाेज्दै जान्छौं ।’
गत असार १ गतेकाे बाढीले मेलम्ची खानेपानी आयाेजनाकाे मुहान अम्बाथानकाे मुहान पर्नुकाे साथै ड्याम भत्काएकाे थियाे । मुहानकाे संरचना पुरै पुरिकाले पुरिएकाे भाग खाेलेर हेरेपछि मात्र क्षतिकाे आँकडा निकाल्न सकिने मेलम्चि खानेपानी आयाेजनाका कार्यकारी निर्देशक बाशुदेब पाैडेलले बताए । अहिले नै क्षति बारे केही भन्न नसकिने उनिले बताए । यस्तै हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले खानेपानीकाे हाल मुहान भएकाे ठाउँमा पहिराेकाे उच्च जाेखिम भएकाले मुहान माथि सार्न आयाेजनालाइ सुझाव दिएका छन् । खानेपानी काठमाडौं पठाउन आफुले बिगतमा पनि सहयाेग गरेकाे र सकेकाे सहयाेग निरन्तर गरिरने समेत अध्यक्ष शेर्पाले प्रतिबद्धता जनाए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।