स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
हरेक दश वर्षमा हुने राष्ट्रिय जनगणना यसवर्ष आजदेखि शुरु भएको छ । केन्द्रीय तथ्यांक विभागलेदेखि आजदेखि देशभर राष्ट्रिय जनगणना–२०७८ सुरु गरेको हो । प्रत्येक १० वर्षको अन्तरमा हुने जनगणना यो वर्ष कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण केही ढिलो गरी सुरु हुन लागेको हो ।
जनगणनाका लागि सिन्धुपाल्चोेक जिल्लामा ४ सय ५४ जना गणक खटिएको जिल्ला जनगणना कार्यालय, सिन्धुपाल्चोकका जनगणना अधिकारी कुलप्रकाश न्यौपानेले बताए । सबै गणकहरुलाई आवश्यक तालिम र गणना सामग्री दिएर फिल्डमा पठाइसकिएको उनले बताए । गणकहरुले आजदेखि मंसिर ८ गतेसम्म घरघरमा गएर तथ्याङ्क संकलन गर्नेछन् भने मंसिर ९ गते घरठेगाना नभएकाहरुको तथ्याङ्क लिनेछन् ।
जनगणनाका मुख्य प्रश्नावलीको पारिवारिक खण्डमा घरको स्वामित्व, घर बनाउन प्रयोग गरेको सामग्री, खानेपानीको स्रोत, इन्धन, उर्जा प्रयोग, दैनिक रुपमा प्रयोग गर्ने घरायसी सामग्री, महिलाको स्वामित्वमा घर जग्गा छ कि छैन, व्यवसाय र रोजगारीको अवस्थासहितका प्रश्न छन् ।
पछिल्लो एक वर्षमा जन्म, मृत्यु, बसाइँसराइको अवस्था, विदेश गएकासहितको विवरण पारिवारिक खण्डमा छ ।
जनसांख्यिक विवरणमा परिवारको व्यक्तिगत विवरणका प्रश्नहरू छन् । परिवारका सदस्यहरूहरुको शैक्षिक विवरण र प्रजननन्सहितका विवरणलाई मुख्य प्रश्नावलीमा समेटिएको छ ।
एकजना गणकलाई एउटा परिवारको प्रश्नावली तयार पार्न २० देखि ३० मिनेटको समय लाग्ने अनुमान गरिएको छ ।
यो देशमा संघीय व्यवस्था कार्यान्वयन भएपछिको पहिलो जनगणना हो । यसअघि, २०६८ मा जनगणना भएको भए पनि त्यो बेला संघीयता कार्यान्वयन भइसकेको थिएन ।
भारतले अक्रिमण गरेका नेपाली भूमिहरु लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटेलाइटमार्फत जनगणना गरिने सरकारले जनाएको छ । त्यहाँ स्थलगत रुपमा जनगणना गर्ने वातावरण नबनेकाले बैकल्पिक उपाय अपनाइएको बताइएको छ ।
जनगणना मंसिर ९ मा सकिने छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।