स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
३० कात्तिक , मेलम्ची ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौ लान रोक्न सकिने चेतावनी दिएका छन् ।
मंगलबार मेलम्चीमा ह्याल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सन्चालन समिति ( सुप)को ११ औं वार्षिक साधारणभामा बोल्दै मेयर अर्यालले मेलम्ची खानेपानी आयोजनाले मेलम्ची तथा हेलम्बु क्षेत्रमा बाढी पहिरोको कारण उत्पन्न समस्या समाधानमा पहलकदमी नगरे मेलम्ची खोलाको पानी काठमाडौं लैजान नदिने बताएका हुन् ।
साधारणसभामा मेलम्ची खानेपानी बिकास समितिका बोर्ड सदस्य चन्द्रबहादुर थापा, मेनपा ५ का वडा अध्यक्ष सुदर्शन लुइटेल, मण्डन देउपुर सामाजिक उत्थान कार्यक्रमका सचिव केशब सापकोटा , इन्द्रावती सामाजिक उत्थान कार्क्रमका सचीव इन्छाराम दंगाल लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।
सुपको आर्थिक बर्ष २०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष उपेन्द्र तामाङले प्रस्तुत गरेका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८