स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२७ मंसिर, चौतारा ।
स्थापनाकाल देखिनै भाडा र सापटी घरमा बसेर प्रशासनिक काम गर्दै आएको चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गरेको छ ।
लामो समय भाडाको घरबाट सेवा सञ्चालन गरिरहेको नगरपालिकाले पछिल्लो समय तत्कालीन कृषि विकास कार्यालयको भवनबाट प्रशासनिक कामकाज सञ्चालन गरिरहेको थियो । ‘हामी निर्वाचित भएर आँउदा आफ्नो लागि बस्ने कोठा समेत थिएन ।’ नगरपालिकाका प्रमुख अमानसिं तामाङले भने —‘अब भने हामीलाई जनताको सेवा गर्न झन् धेरै सहज हुनेछ ।’ अहिले नगरपालिकाले सबैजसो वडा कार्यालयको भवन समेत निर्माण गरिसकेर आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको उनले बताए ।
नगरपालिकाको आफ्नै स्रोतबाट ७ करोड २५ लाख ४९ हजार खर्च गरी सो भवन निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौडेलले बताए । ‘जनप्रतिनिधिहरूको निर्वाचन अगाडि नै २०७२ सालमा ९ कराेडको प्राविधिक इस्टीमेटमा सो भवनको डीपीआर तयार भएको थियो ।’ पौडेलले भने —‘जनप्रतिनिधिहरू निर्वाचित भएर आएपछि उहाँहरूको तदारुकतामा २०७४ सालबाट निर्माण कार्य शुरु गरी ३ वर्षमा सम्पन्न गरिएको हो ।’
नगरपालिकाका धेरैजसो शाखाका सेवाहरू नयाँ भवनबाट प्रदान गरिने छ भने शिक्षा, पशु सेवा, कृषि सेवा लगायतका सेवा भने स्थान अभावका कारण पुरानै भवनबाट प्रदान गरिनेछ ।
एक समारोहकाविच नगरपालिकाका मेयर अमानसिं तामाङले आज सो भवनको उद्घाटन गरेका हुन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।