स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
७ कात्तिक , काठमाडौं ।
कोरोना महामारीको कारण रिहा भएका हजारौं कैदीहरूलाई घर कैदमा बस्न अनुमति दिइएको छ । अमेरिकाको न्याय विभागले यस्तो निर्णय गरेको हो ।
कोभिड –१९ को संक्रमण फैलिएपछि रोकथाम उपायको रूपमा घरबाटै आफ्नो सजाय पूरा गर्न कारागारबाट हजारौ कैदीहरु रिहा भएका थिए । उनीहरूलाई घरमै कैद बस्न दिने अनुमतिबारे घोषणा मंगलबार अमेरिकाको न्याय विभागले गरेको हो ।
मार्च २०२० देखि संघीय ब्यूरो अफ प्रिजन (संघीय कारावास विभाग) ले ३६ हजारभन्दा बढी कैदीहरूलाई घर कैदमा राखेको सिएनएनले लेखेको छ । यसरी घर कैदमा रहेका मध्ये २५ हजारभन्दा बढीले आफ्नो सजाय पूरा गरिसकेका छन् भने ७ हजार ७ सय घर कैदमा छन् ।
न्याय विभागको कानुनी सल्लाहकारको कार्यालयले जब महामारीको आपतकाल समाप्त हुन्छ तब घर भित्रै कैदमा राखिएका सबै कैदीहरूलाई फिर्ता बोलाउन पनि सक्ने भनी निर्णय गरिएको छ । एजेन्सीको सहयोगमा
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८