स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१४ पुस, मेलम्ची ।
असार १ साउन १६ को बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको जिम्मा चाइनिज कम्पनी सिनो हाइड्रोले पाएको छ । आयोजनास्थलसम्म पुग्ने २१ किमि अस्थायी सडक निर्माण सम्पन्न भएपछि वैशाखसम्ममा मेलम्चीको पानी काठमाडौं पुर्याउने तयारीका साथ सिनोलाई जिम्मा दिईएको हो ।
क्षतिपछी सो आयोजनाको पुनर्निर्माणका लागि मेलम्ची खानेपानी विकास समिति र सडक विभागले संयुक्त रूपमा कार्ययोजना बनाएका थिए । उनिहरुले काम गर्न नसक्ने देखिएपछि पहिले बनाइएको कार्ययोजना संशोधन गरी पुनर्निर्माणको जिम्मा चाइनिज कम्पनीलाई दिइएको हो ।
‘हेडवक्र्समा कार्यरत कम्पनीले नै काम गर्दा छिटो हुने भएकाले चाइनिज कम्पनीलाई नै पुनर्निर्माणको जिम्मा दिने गरी कार्ययोजना संशोधन गरिएको छ । कार्ययोजना पारित भएपछि उसैले काम गर्ने हो,’ समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भने । कार्ययोजनाअनुसार अस्थायी रूपमा पानी ल्याउने जिम्मेवारी भने मेलम्ची खानेपानी विकास समिति र हेलम्बु गाउँपालिकाको हो ।
मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने सडक निर्माण सम्पन्न भएको छ । हेलम्बु गाउँपालिकाले मेलम्ची बजारदेखि आयोजनाको हेडवक्र्ससम्मको करिब २१ किलोमिटर सडक निर्माण सम्पन्न गरेको हो । हेलम्बु गाउँपालिकासँग समन्वय गरेर सडक निर्माण गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । बाढीले ६ वटा पक्की पुल बगाएको थियो । अस्थायी रूपमा सबै पुल बनाइएको छ । ‘मेलम्ची बजारदेखि खोलैखोलाको अस्थायी सडक २१ किलोमिटर निर्माण सम्पन्न भएको छ । हेलम्बु गाउँपालिकाले खोलामा रहेका ठूला ढुंगा हटाउँदै सडक निर्माण गरेको हो । सडक निर्माण भएकाले अब छिटै आयोजनाको काम अगाडि बढाउँछौँ,’ समितिका प्रवक्ता पन्तले भने ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।