स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२२ माघ, हेलम्बु ।
रातोपुलको नामले चर्चित हेलम्बुको चनौटेमा रहेको पुल बाढीले बगाएपछि सो स्थानमा बेलिवृज निर्माण भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले चनौटेमा निर्माण भएको बेलिब्रिज पुल आज उद्घाटन गरेका हुन् ।
गत असार १ को बाढीले सामान्य क्षति पुर्याएको सो पुल साउन १६ र १७ को बाढीले पुर्ण रुपमा बगाएको थियो । हेलम्बु गाउँपालिका २ र ७ जोड्ने सो पुल नेपाली सेनाले बनाएको हो । पुल बगाएपछि हेलम्बु गाँउपालिका राष्ट्रिय राजमार्गबाट सम्बन्ध विच्छेद भएको थियो भने गाँउपालिकाकै केही वडा र मेलम्ची नगरपालिकाको केही वडा समेत पालिका केन्द्रबाट सडक सम्पर्कविहिन भएका थिए ।
मेलम्ची बाढीका कारण पुल र सडकमा क्षति पुग्दा राष्ट्रिय गौरवको योजना मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्ससम्म पुग्न समेत सकिएको थिएन । बाढीले क्षति पुर्याएपछि आयोजना पुनर्निर्माण समेत हुन सकेको छैन ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते स्थानीय चनौटे र भिरखर्क जोड्ने पुल नेपाली सेनालाई निर्माण गर्ने जिम्मेवारी दिएको थियो । करिब नौ सातामा तयार गरिएको पुल आजै सडक विभागलाई हस्तान्तरण गरिएको छ । ४८.७७ मिटर लम्बाइ र ४.२० मिटर चौडाइ रहेको उक्त पुलको भारवहन क्षमता २४ टन छ ।
बाढी आएर पुल बगाएपछि खोला वारिपारि गर्न निकै कष्ट बेहोर्दै आएका स्थानीयवासीलाई नयाँ पुल निर्माणपछि अत्यावश्यक खाद्य सामग्री ओसारपसार र बिरामी हुँदाका बखत उपचारका लागि जान सजिलो भएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।