Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २४, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

जुरे प्रभावितको रकम ८ वर्षदेखि सरकारी खातामा

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ फागुन २६, बिहिबार (११ महिना अघि)
जुरे प्रभावितको रकम ८ वर्षदेखि सरकारी खातामा

२६ फागुन, चौतारा ।

२०७१ सालको साउन १७ गते सम्झँदा सिन्धुपाल्चोकको बलेफी गाउपालिका ८ जुरेका स्थानीय अझैपनि झसङ्ग हुन्छन् । मध्यराति आएको पहिरोले तीनवटा बस्ती नामेट बनाँउदा घरमा सुतेका कोही पनि जीवित रहेनन् । घरबाहिर भएर भाग्यले बाँचेकाहरू अझैपनि सरकारी प्रताडना सहेर बाँच्न बाध्य छन् ।

उनीहरूको लागि विभिन्न तीन सय ७१ व्यक्ति तथा संस्थाले आर्थिक तथा जिन्सी सामग्री सहयोग गरेको तत्कालीन जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिको तथ्याङ्क छ । यसरी संकलित जिन्सी सामग्री तत्काल वितरण भएको भएपनि नगद २ करोड २४ लाख रुपैयाँ भने अझै सरकारी खातामा नै बन्धक बनेर बसेको छ । सरकारी झमेला तथा राजनीतिक खिचातानीका कारण सो रकम प्रभावितको हातसम्म पुग्न नसकेको स्थानीय चन्द्रमान तामाङ गुनासो गर्छन ।

२०७१ साउन १७ गते राती साविक माँखा गाविसको किटिनी भीर खसेर पहिरो गएपछि सुनकोशी नदी १४ घण्टा थुनिएको थियो । पहिरो पीडितको लागि जिल्ला दैवी प्रकोप उद्धार समितिको कोषमा २ करोड २४ लाख रुपैयाँ जम्मा भएपनि सो अझै वितरण हुन सकेको छैन । १४५ जनाको ज्यान गएको उक्त पहिरोमा मृतक परिवारलाई प्रतिव्यक्ति ४० हजार रुपैयाँ किरिया खर्च र केही खाद्यान्न बाहेक अरु केही पाउन सकेका छैनन् । जिल्ला दैवी प्रकोप उद्धार समितिले एकद्वार निती लागू गर्ने भन्दै दाताले दिएको सबै सहयोग आफैले संकलन गरेको थियो । तर प्राप्त खाद्यान्न , लत्ताकपडा तथा औषधिबाहेक नगद सहयोग भने वितरण गर्न सकेको छैन ।

तत्कालीन समयमा पहिरो प्रभावितहरूको लागि सहयोग गरेकाहरू पनि अझैसम्म सो रकम सरकारी खातामै छ भनेको सुन्दा दुखी बनेका छन् । आफूहरूले सरकारी खातामा थुपारेर राख्नको लागि मात्रै उक्त सहयोग नगरेको गैर आवासीय नेपाली संघ, पोर्चुगलका तत्कालीन अध्यक्ष श्याम लामाले बताए ।

उनीहरूलाई रकम वितरण गर्ने सम्बन्धमा प्रकृया अगाडि बढिसकेको जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । प्रभावितहरूलाई क ख र ग वर्गमा वर्गीकरण गरिएको छ । उनीहरूलाई वर्ग अनुसारको रकम दिन आन्तरिक तयारी भइरहेको भनिएपनि प्रभावितले कहिले राहत पाउँछन् भन्ने कुनै टुङ्गो छैन । भुकम्प प्रभावित सरहको अनुदन पाएका केही परिवार पहिरोकै वरीपरी टहरो बनाएर कष्टसाथ बसीरहेका छन् । सो अनुदान समेत नपाएका केही परिवार भने स्थानीय लामोसाँघु, खाडीचौरका साथै काठमाण्डौमा कोठा भाडामा लिएर बसीरहेका छन् ।

उनीहरूको रकम वितरण गर्ने सवालमा गृह मन्त्रालयसँग अन्तीम छलफल चलीरहेको र छिट्टै प्रभावितहरूको खातामा रकम पठाउने  जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । कार्यालयको तथ्याङ्क अनुसार सो पहिरोमा पनि ४२ घर पुर्ण क्षती भएका थिए । एक सय सत्र घर आँशीक क्षती हुँदा दुइ सय ५१ घर प्रभावित भएका छन् । सो पहिरोमा परि एक सय ४५ जनाको ज्यान गएकोमा २३ जनाको मात्रै शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

  • लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

  • जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

  • घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    • ताजा अपडेट
    • २४ घण्टामा

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    समाचार
    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0