Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ६, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

एकीकृत बस्तीमा पशुपालनको समस्या

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७९ बैशाख ४, आईतबार (१ महिना अघि) ३८ पटक पढिएको
एकीकृत बस्तीमा पशुपालनको समस्या

बैशाख ४, मेलम्ची।
२०७२ सालको विनाशकारी भूकम्पपश्चात् सिन्धुपाल्चोक जिल्लामा मात्रै २८ वटा एकीकृत नमुना बस्ती निर्माण भएको छ । करिब ३०० परिवार अटाएका सुन्दर बस्तीमा जिविकोपार्जनको लागि पशुपालन गर्न नमिल्दा भने किसानहरू दैनिक रूपमै समस्या भोग्न बाध्य छन् ।


भुकम्पले घर भत्किएर टहरामा पुगेका सिन्धुपाल्चोकका अधिकांश बासिन्दाहरू यतिखेर नयाँ घरमा बस्न थालिसकेका छन् । धेरै परिवारहरू आफूखुसी घर बनाएर बसेका भएपनि केही परिवार भने एकीकृत बस्ती नै बनाएर बसिरहेका छन् । सबै परिवारका लागि एकै किसिमका सुन्दर घर बनाएर बसेका उनीहरु अरुको तुलनामा आफ्नो बस्ती सुन्दर देख्दा खुसी समेत भएका छन् । बस्तीका मानिसहर मात्रै हैन, बस्तीमा आउने पाहुना तथा पर्यटकहरू समेत बस्तीको सुन्दरता देखेर लोभिने गरेका छन् । पहिले खानेपानीको लागि निकै कष्ट भोगीरहेकाहरू अहिले एकीकृत बस्ती निर्माणसँगै खानेपानी सुविधा समेत प्राप्त भएकोमा थाक्ले एकीकृत नमुना बस्ती, मेलम्ची १२ कि संगीता तामाङ निकै खुसी छिन् ।

अरनीकाे एकीकृत बस्ती, भाेटेकाेशी गाउँपालिका


तर यो सुन्दर बस्तीभित्र बस्ने बासिन्दाको आफ्नै पीडा पनि छ । पशुपालन गरेर जिविकोपार्जन गर्नुपर्ने उनीहरु घर नजिकै गोठ बनाउँन नपाउँदा दैनिक सास्ती भोग्न बाध्य छन् । घर एकतिर र गोठ एकातिर हुँदा उनीहरु दैनिक घर र गोठ आउजाउ गर्न बाध्य छन् । दिउँसोको समयमा सबै स्थानीयहरु गोठतिर व्यस्त हुँदा बस्ती सुनसान हुन्छ । बस्ती घुम्न आउने पर्यटकलाई बस्ती नै खाली छ कि भन्ने भान पर्छ भने स्थानीयहरु पनि घर र गोठको लागि एकैपटक समय दिन नपाउँदा सास्ती भोगीरहेका छन् । ‘पशुपालन नगर्दा बस्ती त निकै सफा र सुन्दर समेत भएको छ ।’ थाक्ले एकीकृत नमुना बस्तीकै विकास तामाङ भन्छन् —‘तर टाढाको गोठमा दिनहुँ धाउनुपर्दा दुख पनि बढेको छ ।’ घर नजिकै भैसी, बाख्रा, कुखुरा लगायतका पशु पाल्ने किसानहरू टाढाको गोठ धाउनुपर्ने झन्झटले थोरै पशु मात्र पाल्न थालेका छन् । यसबाट उनीहरूको आम्दानी समेत घटेको छ ।  


जिल्लाका अधिकांश एकीकृत बस्तीहरू विभिन्न सरकारी तथा गैरसरकारी दाताहरूको सहयोगमा निर्माण भएका हुन् । बस्ती निर्माण गर्दा धारा, ढल, बिजुली, सडक, फूलबारी लगाएका संरचनामा विशेष ध्यान दिइन्छ । तर उनीहरूको जिविकोपार्जनको लागि अति आवश्यक पशुपालनको विषयमा भने ध्यान नदिँदा स्थानीय बस्ती भन्दा टाढा छुट्टै गोठ निर्माण गरेर दैनिक ओहोरदोहोर गर्न बाध्य छन् । यो समस्या समाधानका लागि सरकारले एकीकृत बस्ती जस्तै एकीकृत गोठ समेत बनाउन सहयोग गर्नुपर्ने थाक्ले एकीकृत नमुना बस्तीका अध्यक्ष खिला बहादुर तामाङ बताउँछन् । त्यसो भएमा बस्तीका मानिसलाई अनिवार्य पशुपालनमा उन्मुख गराउन सकिने र जसबाट पशुपालन व्यवसायिकता तर्फ जाने समेत उनको ठम्याइ छ ।


केहि समयका लागि आउने राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले आवास निर्माणमा सघाए पनि जिविकोपार्जनको लागि भने त्यति महत्व नदिँदा एकीकृत बस्तीका बासिन्दाहरू टाढाको गोठ धाउन बाध्य छन् । सरोकारवालाहरुले यस विषयमा पनि सोच्नु जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिन्धुमा एकैदिन तीन फरक दुर्घटनामा तीन जनाको मृत्युु

    सिन्धुमा एकैदिन तीन फरक दुर्घटनामा तीन जनाको मृत्युु

  • सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • खसी चोर पक्राउ

    खसी चोर पक्राउ

  • सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको उम्मेद्वार सुची

    सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको उम्मेद्वार सुची

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0