स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
४ बैशाख, चौतारा ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका इन्जिनियर ध्रुवराज घिमिरे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् ।
आज राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशरेर जबराको हातबाट टिका लगाइ घिमिरे राप्रपा प्रवेश गरेका हुन् ।
पेशाले इन्जिनियर रहेका घिमिरेले एक प्रेस विज्ञप्तिमार्फत आफू आगामी निर्वाचनमा जुगल गाउँपालिकाबाट अध्यक्षको उम्मेद्वार हुने घोषणा गरेका थिए । २०४२ सालमा जन्मेका घिमिरेले इन्जिनियरिङ म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन् । १० वर्षभन्दा बढी समय इन्जिनियरिङ पेशाको अनुभवबाट खारिएका घिमिरे प्राविधिक रुपमा नै आफ्नो गाउँपालिकाको नक्सा बदल्न आफूले उम्मेदवारीको घोषणा गरेको बताउँदै आएका थिए । ‘मैले धेरै नक्सा कोरें, विभिन्न आयोजनाहरूको मेनेजरको रुपमा कार्य सम्पादन गरे, अब म मेरै पालिकाको विकास, निर्माण र पूर्वाधारको नक्सा कोर्न चाहान्छु’ घिमिरेले भने —‘अब म मेरै पालिकाका स्थानीयहरुको जिविकोपार्जनका लागि सफल मेनेजमेन्ट गर्छु र सिंगो जुगललाई समृद्धिको मजबुत पिल्लरमा बदल्ने छु ।’
रत्न राज्य मावि चनौटेमा प्राध्यापन समेत गर्दै आएका घिमिरेले छोटो समयमा नै विद्यालयको आमूल परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको स्थानीयहरु बताउँछन् । आफूले प्रस्ताव गरेको विकासको खाका राप्रपाले स्वीकार गरेकाले आफू उक्त पार्टीमा प्रवेश गरेको घिमिरेले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।