स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१० बैशाख, चौतारा ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा नेपाली कांग्रेसका धेरै नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।
स्थानीय तह निर्वाचन २०७४ मा नेपाली कांग्रेसबाट उम्मेद्वार भएका जयबहादुर लामा सहित वडा नं. ३ का निर्वाचित वडाध्यक्ष सानुकान्छा तामाङ र वडा नं. ५ का निर्वाचित वडाध्यक्ष सनतकुमार अधिकारी नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका हुन् । आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा उनीहरु एमाले नेता शेरबहादुर तामाङसँग पार्टी सदस्यता लिएर प्रवेश गरेका हुन् । उनीहरूसँगै केही वडा सभापतीहरु समेत एमाले प्रवेश गरेका छन् ।
एमालेले गाउँपालिकाको सबै वडाहरूमा अध्यक्षको उम्मेद्वार टुङ्गो लगाइसकेको एमालेका तर्फबाट पालीका अध्यक्ष दाबी गरेका वडा नंं. ७ का निर्वाचित वडाध्यक्ष दिलकुमार लामाले बताए । ‘गाउँपालिका प्रमुखको चाँहि उम्मेद्वार टुङ्गिन बाँकी छ ।’ लामाले भने —‘जयबहादुर दाइ पार्टीमा आएपछि अब उहाँसहित बसेर को अध्यक्ष उठ्ने भन्ने विषयमा छलफल हुनेछ ।’ बाहिर हल्ला आएजस्तो उहाँलाई अध्यक्ष उम्मेद्वार नै बनाउने शर्तमा पार्टीमा नल्याइएको लामाले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८