स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको मेलम्ची बजारमा आकाशे पुल बन्ने भएको छ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आर्थिक वर्ष ०७९\८० को वार्षिक कार्यक्रम ( रेड बुक ) मा मेलम्चीमा आकाशे पुलको लागि ४ करोड रुपैयाँ विनियोजन गरेको हो ।
यो पुलसँगै भ्रेमाथाङबाट आएको मेलम्ची नदिको बाढीले क्षति पुर्याएको हेलम्बु गाउँपालिकाको नाकोते र तिम्बुमा पनि पक्की पुल बन्ने भएको छ । दुवै पुलको लागि चारचार करोड रुपैयाँ विनियोजन भएको छ । त्यस्तै इन्द्रावती नदी, मेलम्ची बजारमा पुल निर्माणको लागि र फट्टे दुवाचौर पुल निर्माणको लागि समेत चारचार करोड रुपैयाँ नै विनियोजन भएको छ ।
सिन्धुपाल्चोककै हेलम्बु गाउँपालिकाको गौरीखोला थापाटार पिपलेचौर पक्की पुल निर्माणको लागि १ करोड ,चौतारा साँगाचोकगढी नगरपालिका ३, कुभिण्डे खोला पुल निर्माणको लागि समेत १ करोड रुपैयाँ विनियोजन भएको छ ।
त्यस्तै सिन्धुपाल्चोकको चेहेरेबाट काभ्रेको सापिङ जोड्ने सुनकोशी पुलको लागि २५ करोड, इन्द्रावती १० र चौतारा साँगाचोकगढी १२ जोड्ने झ्याडीखोला पुलको लागि १ करोड ३८ लाख, लिसंखुपाखर १ को अत्तरपुर ठुलोधादिङ जोड्ने गौरुङखोला पुलको लागि ३ करोड रुपैयाँ विनियोजन भएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८