स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका को वडा नं. ११ र १० जोड्ने सडक अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण मेलम्ची नदीमा बनाइएको अस्थायी पुलमा क्षति पुगेपछि सडक अवरुद्ध भएको हो ।
गत वर्षको मेलम्ची बाढीले पक्की पुल बगाएपछि ह्युम पाइप राखेर बनाइएको अस्थायी पुलमा समेत क्षति पुगेको हो । गएरातिको अबिरल वर्षाका कारण मेलम्ची नदीमा बनाइएको मेलम्ची, इन्द्रावती र पाँचपोखरी जोड्ने सो पुलमा क्षति पुगेपछि सो सडक अवरुद्ध भएको हो ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले ह्युम पाइप सञ्चालनमा ल्याउन सक्ने अवस्था नभएकोले वैकल्पिक रूपमा अब इन्द्रावती र पाँचपोखरीबाट मेलम्चीमा आउन बाहुनेपाटीकाे पुलको प्रयोग गर्न सबैलाई आग्रह गरेकाछन् । गत असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युम पाइप हालिएको थियो । अहिले फट्टेको पुल भने सञ्चालनमा रहेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८