स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
शिक्षा क्षेत्रमा काम गरिरहेको जस्ट नेपाल फाउण्डेसन विपद्को समेत सारथी बन्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ५, उर्लेनीका पहिरो प्रभावतिहरुलाई खाद्यान्न सहयोग गरेको छ । गत साउन २१ गते विहानको पहिरोले घरमा बास बस्नै नहुने गरी उच्च जोखीममा रहेका २१ परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।
फाउण्डेशनको सहयोगमा ऊर्लेनीका पहिरोबाट अति जोखिमा रहेका २१ घरपरिवारलाई वडा कार्यालयको सहजिकरणमा प्रति परिवार २५ केजीको १ बोरा चामलसहित दाल ५ के.जी, चिनी २ केजि, चना २ के.जी र नुन १ के.जी वितरण गरिएको होे । मेलम्ची नदिमा आएको बाढीले मेलम्ची—हेलम्बु सडक अवरुद्ध हुँदा समेत खाद्यान्न उपलब्ध गराउन सकेको फाउण्डेसनका सहजकर्ता प्रकाश खड्काले बताए ।
सडक खन्दा प्राकृतिक भुवनोटमा परिवर्तन आँउदा सो स्थानमा पहिरो गएको आँकलन गरिएको छ । गाँउ मुनीको पहिरोले तल्ले बस्तीको घरहरु बस्नै नमिल्नेगरी जोखीममा रहेका छन् भने बस्ती माथीतिरबाट समेत पहिरो झर्न थालेको छ । गाँउको विचभागहरुमा समेत चिरा परेको छ । पहिरोले केही गोठ समेत पुरेको थियो । बस्ती स्थानान्तरणका लागि हेलम्बु गाउँपालिकाबाट तत्कालै टेन्ट र किचेन सामग्री उपलब्ध गराएको भएपनि सुरक्षीत ठाँउको अभावमा प्रभावितहरु जोखीमपुर्ण स्थानमा नै टेन्ट हालेर बसेका छन् । जस्ट नेपालको उक्त खाद्यान्न सहयोगको लागि हेलम्बु ५ का वडाध्यक्ष दिपकुमार तामाङले फाउन्डेसनलाई धन्यवाद दिए ।
शिक्षा र युवाको क्षेत्रमा काम गरीरहेको फाउण्डेसनले मेलम्ची बाढीपछि भने विपद् पुर्वतयारी तथा बस्ती स्थानान्तरणका साथै सडक अवरुद्ध हुँदा हुनसक्ने खाद्य संकट टार्न महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।