स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका ४ को इन्द्रावती सामुदायिक सेवा सञ्जालले शुरु गरेको निशुल्क एम्बुलेन्स सञ्चालनका लागि शुरु गरेको साइकल यात्राका क्रममा ११ हजार ६ सय जनाबाट २० लाख भन्दा धेरै रकम संकलन भएको छ ।
२०७७ साल कात्तिक ७ गतेबाट सुरु गरिएको अभियान कोभीड १९ का कारण केही समय रोकिएको थियो । साइकल मार्फत देशभरबाट कम्तिमा एक लाख मानिस भेटेर सहयोग संकलन गर्ने योजनाका साथ यात्रा थालेका सञ्जालका अध्यक्ष माधवप्रसाद कुँइकेलले आफुले अहिलेसम्म २० लाख बढी रकम संकलन गरिएको बताए ।
एक लाख जनाबाट संकलित रकमको अक्षयकोष निर्माण गरी सो बाट प्राप्त ब्याजले गरिब, असाहयहरुलाई निशुल्क एम्बुलेन्सका साथै अन्य सहयोग समेत गरिने सञ्जालको योजना रहेको उनले बताए । सो अभियानमा हालसम्म सबैभन्दा बढी रकम गोकर्णेश्वर नगरपालिकाका निवर्तमान मेयर सन्तोष चालिसेले १५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं. २ को सबै क्षेत्रमा पुगिसकेका कुँइकेल अब भने सिन्धुपाल्चोककै क्षेत्र नं. १ मा भ्रमण गर्दैछन् । आफ्नो पवित्र अभियानमा सकेजति सहयोग गरिदिन उनले सबैलाई आग्रह गरेका छन् । अभियानमा सहयाेग गर्न चाहनेले ९८६०६३७१४२ मा सम्पर्क गर्न सक्नेछन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८