स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
शनिबार रातीदेखि परेको अविरल वर्षाले सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले मेलम्ची हेलम्बु सडक अवरुद्ध भएको छ । बाढीले मेलम्ची, हेलम्बु, पाँचपोखरी थाङपाल लगायतका गाउँगाउँका सडक अवरुद्ध भएका छन् भने हेलम्बुको विभिन्न स्थानका खेतीयोग्य जमिन डुबानमा परेका छन् ।
भारी वर्षाको कारण नदीले ठाउँठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास असफल भएका छन् । अहिले हेलम्बुको खेतका फाँट र सडकैसडक नदी बगिरहेको छ ।
सडक अवरुद्ध हुँदा सो बाटो भएर चल्ने यातायातका साधन बाटोमै अलपत्र परेका छन् । वर्षाका कारण मेलम्चीको सिमखेत, तालामाराङमा बाढीले सडक बगाएको छ । हेलम्बु गाउँपालिकाको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ भने पाँचपाखेरीको राम्चे, भोताङ र गुन्सालगायतका स्थानमा समेत सडक अवरुद्ध भएका छन् ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ सहित पाँचपोखरी थाङ्पाल, हेलम्बु, इन्द्रावती गाउँपालिकाका अध्यक्ष क्रमशःटासी लामा, निमा ग्याल्जेन शेर्पा र झम्क नेपालले संयुक्त रुपमा पहिरो, खहरे खोला, नदी तटीय तथा जोखिमयुक्त स्थानमा नबस्न र सावधानी अपनाउन आग्रह गरेका छन् ।
जल तथा मौसम विभागको भनाइ उदृत गर्दै जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकको अनुसार यो वर्षा आज दिउँसो करिब ३ सम्म रहने र तत् पश्चात् मौसम क्रमशः सफा हुने भएको हुँदा आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।
वर्षातका कारण जमिन गलिसकेको हुनाले पहिरो जाने सम्भावना बढी हुने भएकोले आवश्यक सतर्कता अपनाउन कार्यालयले अनुरोध गरेको छ ।
गत वर्ष असार १ गते आएको बाढीका कारण हेलम्बु, मेलम्ची, इन्द्रावती र पाँचपोखरी थाङ्पाल गाउँपालिकाकाको नदीतटीय क्षेत्रमा अरबौँको क्षति गरेको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।