स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
निरन्तरताको बर्षाको कारण ओत लागेको सामुदायिक भवन नै पहिरोले पुरिँदा एकै परिवारको ३ जना बेपत्ता भएका छन् । रुकुम पश्चिममा आईतबारको अविरल वर्षाको कारण आएको पहिरोमा परेर उनिहरु बेपत्ता भएका हुन् ।
रुकुम,पश्चिमको आठबीसकोट नगरपालिका १४ को पिपलचौरमा रहेको सामुदायीक वनको भवनमा पुरिएर तीन जना बेपत्ता भएका हुन् । रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जाजरकोटको भेरि नगरपालिका १ मैदैका ३० बर्षिया बालमती राना र उहाँका दुई छोरीहरु १२ बर्षिया तिर्सना राना, दुई बर्षिया प्रतिक्षा राना बेपत्ता भएको जानकारी दिए ।
जाजरकोटको नलगाड नगरपालिका १ माईतीघरबाट घर फर्कने क्रममा उनिहरु बेपत्ता भएका हुन् । प्रजिअ घिमिरेका अनुसार निरन्तरको वर्षाको कारण पिपरचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएको बेला भवन माथीबाट आएको पहिरोमा परेर उनिहरु बेपत्ता भएका हुन् ।
डोजर लगाएर पुरिएकाहरुको उद्धार कार्य जारी राखिएको छ । घटनाको थप विवरण आउन बाँकि रहेको छ ।
रुकुम(पश्चिम) कै अर्को घटनामा थप १ जना बेपत्ता भएका छन् । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्वर ५ र ६ मा पर्ने देउता खोलाले बगाउँदा गाउँपालिकाको वडा नम्वर ३ का दलबिर गुरुङ बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार अन्दाजी ७० बर्षिय गुरुङलाई खोलाले बगाएको हो । बेपत्ता गुरुङको पनि खोजिकार्य भैरहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।