स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ४ बुसुन्डोल खोला तर्ने क्रममा पहिरोमा परी एक किशाेरकाे मृत्यु भएकाे छ । मामाघरबाट तीज मनाएर फर्केका अमित थामीको घटनास्थलमा नै मृत्यु भएको हाे।
तीज मनाउन हिजो मामाघर मुलाबारी गएका थामीलाइ दिउँसो आमा र बहिनीसहित आफ्नो घर पिस्कर माझटोल फर्कने क्रममा पहिराेमा आएकाे ढुंगाले लागेकाे थियाे । स्थानीय मंगलामाइ माबिमा कक्षा ११ मा अध्ययनरत अमित आमा स्वस्थानी र बहिनी अमृतासँगै मामाघरबाट फर्केका हुन् । उनी आमा र बहिनीभन्दा अघिअघि हिडिरहेका बेला एक्कासी ठाडो खोलाको पहिरोले छोपेको थियो। त्यो खोलामा पुल नहुँदा यसअघि केही स्थानीयलाई खोलाले बगाएर ज्यान लिएको स्थानीयहरु बताउँछन् ।
मुलाबारीबाट पिस्करमा अध्ययन गर्न आउने विद्यार्थी र स्थानीयलाई खेतीपाती गर्न आवतजावत गर्न सो खोला र खसिरहेको पहिरोले जोखिम बनाइरहेको छ । अहिले घटना स्थलमा पिस्कर चौकीका प्रहरी पुगेका छन् । अमितको आमा र बहिनी सकुशल रहेका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८