स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज सिन्धुपाल्चोकको पाँचौं जिल्ला सम्मेलनबाट टिकाबहादुर विश्वकर्मा अध्यक्ष पदमा चयन भएका छन् ।
मेलम्चीमा सम्पन्न समाजको अधिवेशनबाट लक्ष्मी लामिघाते, कमला विश्वकर्मा, तिख बहादुर नेपाली उपाध्यक्ष चयन भएका भने धन बहादुर विश्वकर्मा र झलक रोक्का क्रमशः सचिव र कोषाध्यक्ष चयन भएका हुन् । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्व कानूनमन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यमा भदौ २५ र १६ गते २ दिनसम्म चलेको सम्मेलनले ६१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको सङ्गठनका निवर्तमान अध्यक्ष रामबहादुर सुनारले बताए ।
कार्यक्रममा प्रमुख अतिथि तामाङले मान्छे–मान्छे बिचको विभेद रहेसम्म समाज परिवर्तन असम्भव भएकाले यस्तो विभेद अन्त्य गर्न सबै लाग्नु पर्ने बताए । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री दावा तामाङ, मुक्ति समाजका केन्द्रिय सचिव तथा नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य टेक घतानी, एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य डम्बर अर्याल लगायतको उपस्थिति रहेको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८