स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
‘यो मोबाइल MDMS प्रणालीमा दर्ता भएको छ । नेपाल टेलिकम’ यस्तो सन्देश आफ्नो फोनमा आएको छ भने ढुक्क भएर सो फोन चलाउँदा हुन्छ । तर यस्तो सन्देश नआएका फोन भने अब धेरै समय नचल्न पनि सक्छन् । किनकी नेपाल दुरसञ्चार प्राधिकरणले नेपालमा भन्सार नतिरी ल्याएको मोबाइल सेट नचल्ने बनाउदैछ ।
नेपालमा मोबाइल सेटको गैरकानूनी आयात तथा बिक्री वितरण रोकी त्यसको प्रयोगलाई निरूत्साहित गर्न नेपाल दुरसञ्चार प्राधिकरणले त्यस्ता फोन बन्द गर्ने प्रणाली जडान गरेको हो । त्यस्ता फोनको प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो प्रणाली लागू गरेको हो ।
प्राधिकरणले आज २०७९ भदाै ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरले ल्याइएका मोबाइल सेट लगायत आजको मितिसम्म चालु रहेका सबै मोबाइल सेटहरू स्वतः MDMS प्रणालीमा दर्ता हुने व्यवस्था मिलाएको छ । भदौ ३० पछि नयाँ मोबाइल फोन खरिद गर्दा भने उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको वेभसाइटमा दर्ता भए\नभएको यकिन गरी मात्र खरिद गर्नुपर्नेछ । यदि दर्ता नभएको मोबाइल सेट खरिद गरेमा भने सो मोबाइल नेपालभित्र चल्ने छैन । प्राधिकरणले मोबाइल आयातकर्ता\विक्रेताहरुले पनि मोबाइल आयात गर्नु अघि अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइलमात्र बिक्री वितरण गर्न समेत आग्रह गरेको छ ।
आफुले मोबाइल सेट खरिद गर्दा नेपाल दूरसञ्चार प्राधिकरणको वेभ साइटमा आफ्नो मोबाइल सेटको IMEI नम्बर राखेर जाँच गर्न सकिन्छ । मोबाइलको IMEI नम्बर पत्ता लगाउन आफ्नो मोबाइल मा *#06# डायल गर्न सकिन्छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।