स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन २०७९ को सुरक्षा तयारी पुरा भएको छ । सिन्धुपाल्चोक जिल्लामा मात्रै तीन घेरामा गरी ३५ सय भन्दा धेरै सुरक्षाकर्मी परिचालन हुनेगरि सुरक्षा व्यवस्था मिलाइएको हो ।
सुरक्षाका लागि नेपाल प्रहरीका विभिन्न दर्जाका अधिकृत सहित ९ सय १५ जना प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले बताए । उनका अनुसार १ हजार ५ सय ७ जना म्यादी प्रहरी परिचालन हुनेछन् । नेपाल प्रहरीले पहिलो घेरामा रहेर निर्वाचन स्थल, मतपत्र, मतपेटीका लगाएन निर्वाचन सामग्रीको सुरक्षा गर्नेछ । दोस्रो घेरामा शसस्त्र प्रहरीको ३ सय ३८ जना जनशक्ति परिचालन हुनेछन् । शसस्त्र प्रहरीले निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालयका साथै आवश्यकता अनुसार मतदान केन्द्रको समेत सुरक्षा गर्नेछ । नेपाली सेनाले पनि निर्वाचनमा सुरक्षा दिनेछ । सेनाले ४ वटा गुल्मका ७ सय भन्दा धेरै जनशक्ति परिचालन गरेर निर्वाचनको सुरक्षा गर्नेछ ।
मतदान गर्नका लागि २ हजार ५ सय ६२ जना कर्मचारी मतदान स्थलमा खटिसकेका छन् । उनीहरूले ४ गते जिल्लाका सबै १ सय ४५ मतदान स्थलका ३ सय २० मतदान केन्द्रमा मतदान प्रकृया सम्पन्न गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा मतपेटीका बुझाउने छन् ।
२ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा क्षेत्र नं. १ मा ६७ हजार ६३१ पुरुष र ६३ हजार ९५४ महिला सहित जम्मा १ लाख ३० हजार ७०९ जना मतादाता रहेका छन् । प्रतिनिधि सभाको प्रदेश सभा १ मा ६६ हजार ७५५ र प्रदेश सभा २ मा ६३ हजार ९५४ जनाले मतदान गर्नेछन् । प्रतिनिधि सभा २ मा भने ६७ हजार १८४ पुरुष र ६२ हजार ३८० महिला सहित १ लाख २९ हजार ५६४ जनाले मतदान गर्नेछन् । सो क्षेत्रको प्रदेश सभा १ मा ६२ हजार ९७२ र प्रदेश सभा २ मा ६६ हजार ५९२ मतदाता छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।