स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
देशमा राजनितीक परिवर्तन हुन लागेको झिनो आशा पलाएपछि विश्वभर रहेका नेपालीहरूले आफ्नो भुमि फर्किन अभियान नै चलाउन शुरु गरेका छन् । मुलुकले परिवर्तन खोजेको र यस्तै बेला मातृभूमिलाई आफ्ना सन्तानहरु चाहिने भएकोले ब्याक टु नेपाल अभियान नै चलाउन लागिएको हो ।
विभिन्न रहर तथा बाध्यताले विदेशीयहरूलाइ नेपाल फर्काइ आफ्नै मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको उदय भईरहेकोले यसलाई संस्थागत गरी मुलुकले बर्षौंदेखि झेल्दै आएको भ्रष्टाचारको जालो तोड्दै देशलाई नेपालमै केही गर्न सकिने वातावरण बनाउने उद्देश्यले ‘ब्याक टु नेपाल’ www.backtonepal.org अभियान घोषणा गरिएको अभियान्ता प्रेम बानियाँले बताए ।
‘यो अभियान संसारभरबाट स्वदेश फर्किन चाहने नेपालीहरुका लागि इतिहासकै यो एक जबर्जस्त शक्तिसेतुका रुपमा खडा हुँदैछ । ‘ बानियाँले भने । भारतको ‘रिटर्न टु इन्डिया किट’, मलेसियाको ‘बाउन्सिङ ब्याक इभन बेटर द्यान बिफोर’ अभियान जस्तै संसारभरबाट नेपालीहरुलाई मातृभूमि फर्काउने नभइ हाम्रा आफ्नै मौलिक तरिकाहरुबाट स्वदेशमा स्वाभिमान र आत्मनिर्भरताका लागि आधार बनाउँदै विदेशबाट नेपालीहरु स्वदेश फर्किने उनले बताए । टिममा जोडिएर यसलाई थप परिस्कृत गर्दै यसका प्राबिधिक, आन्तरिक कार्यहरुमा सँगसँगै अगाडि बढ्न [email protected] इमेलमा सम्पर्क गर्न सकिने उनलेे बताए ।
बानियाँले नेपाल फर्किएर गर्न सकिने केही कामका सुचि समेत राखेका छन् । नेपाल सरकार, निजि क्षेत्र र राजनितीक दल तथा नागरिक समाजको साथ लिएर राजनीतिक खिचातानीका कारण समाप्त पारिएका स्वदेशी उद्योगहरुलाई सम्भव भएसम्म तत्काल पुनर्जीवन दिउँ/नयाँ उद्योग कारखाना निर्माण अघि बढाउदै स्वदेशमा रोजगारीको वातावरण सिर्जना गर्ने, ब्याक टु नेपाल अभियानलाई इतिहासको एक शक्तिशाली राष्ट्रनिर्माणको योजना बनाउँदै स्थायीरुपमा स्वदेश फर्किने हर नागरिकलाई सहुलियतहरुमा कृषि तथा उत्पादनशील क्षेत्रमा विभिन्न अवसरहरु दिनुपर्ने र ‘हर नागरिक स्वभिमानी बन्नको लागि आफ्नै माटोमा, देश स्वाभिमानी बन्नुछ आफ्नै इतिहाँस, वर्तमान र भविष्यमा’ भन्दै आयतलाई निरुत्साहन र निर्यातलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले स्थायीरुपमा स्वदेश फर्किएकाहरुलाई विमानस्थलमा स्वागत कक्ष बनाएर मीठो स्वागतका लागि संरचना तयार गर्न समेत सुझाव दिएका छन् ।
नागरिक वा देश आत्मनिर्भर बन्न नसक्दासम्म स्वाभिमान कमजोर हुने भएकोले अरु हजारौं पक्षहरुमा फेरि पनि नयाँ शिराबाट आधारहरु तयार गर्दै जानुपर्ने उनले बताए । जय स्वाभिमान को १घ बर्ष अघिदेखिको सपनाले पुर्णता पाउने बाटोमा मुलुक अगाडि बढेको उनले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।