स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन , जिल्ला कार्य समिति सिन्धुपाल्चोकको नेतृत्वमा पुनः दिपक श्रेष्ठ निर्वाचित भएका छन् । आज सम्पन्न भएको एसोसिएसनको १२ औं अधिवेशन तथा १७ औं साधारणसभाबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा फसबहादुर न्यौपाने , सचिवमा रामबहादुर श्रेष्ठ र कोषाध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक हिराप्रसाद नेपालले बताए । त्यस्तै समितिको सहसचिव र सहकोषाध्यक्षमा रामप्रसाद नेपाल र गोमा घले चयन भएका छन् भने सदस्यहरुमा उद्वव प्रसाद पराजुली , माधव ढकाल, राजिब दुलाल, पार्वती फुयाल , रमेश श्रेष्ठ , याम विक्रम भण्डारी र सोमबहादुर कार्की चयन भएका छन् । उनीहरूले आजै निर्वाचन संयोजक नेपालबाट पद तथा गोपनियताको सपथ समेत लिएका छन् ।
एसोसिएसनको उक्त अधिवेशन तथा साधारणसभामा केन्द्रीय बरिस्ठ उपाध्यक्ष गोविन्दप्रसाद पोखरेलले प्रचलित कानुनको अधिनमा रहि आफ्नो जिम्मेवारीको काम गर्न सबै सदस्यलाई निर्देशन दिए । प्रमुख अतिथि पोखरेलले जनता र कार्यालयविच पुलको रुपमा भुमिका खेल्ने लेखापढी व्यवसायीहरुको हक हितको पक्षमा आफुहरु सधैँ लागिरहने बताए । पोखरेलले जनताको सेवा पाउनुपर्ने अधिकारको रक्षा गर्दै निर्वाध सेवा पाउनबाट सरकारी पक्षले अन्यौलपुर्ण कानुन निर्माण गर्न नहुने बताए ।
कार्यक्रममा जिल्ला बार इकाई , सिन्धुपाल्चोकका अध्यक्ष भुपेन्द्र थिङले लेखापढी व्यवसायी नै कानुन कार्यान्वयनको पहिलो खुट्किलो भएकोले व्यवसायीले समयानुकूल आफुलाइ परिमार्जन र विस्तारित गर्दै जानुपर्ने बताए । कार्यक्रममा लेखापढी एसोसिएसनका केन्द्रीय सल्लाहकार समिति सभापति रामप्रसाद अधिकारी , केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेश संयोजक सुर्यबहादुर थापा, केन्द्रीय सचिव आत्माराम मोक्तान लगाएको उपस्थिति रहेको थियो ।
मालपोत कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख चण्डी प्रसाद कोइरालाले लेखापढी व्यवसायीका कारण आफुले कार्यसम्पादनमा पाएको सहजताको खुलेर प्रशंसा गर्दै द्विपक्षीय सहयोग कायम गरिराख्ने बताए ।
एसोसिएसनको बागमती प्रदेश समितिको बैठक समेत चौतारामा बसी विविध निर्णय गरेको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।