स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२०७७ साल साउन ३० गतेको जुगल गाउँपालीका ३, लिदिका पहिरो प्रभावितलाई चौतारा साँगाचोकगढी नगरपालिका ४, देउरालीमा स्थानान्तरणका लागि लालपुर्जा वितरण गरिएको छ । २३४ परिवार प्रभावित भएकोमा ४१ परिवारलाई देउरालीमा जग्गा व्यवस्थापन गरिएको हो ।
पहिरो प्रभावित ६६ परिवारको लागि जुगलकै वडा नं १ बाँसखर्कमा र २७ परिवारलाई जुगलकै वडा नं ५, चनौेटेमा जग्गा व्यवस्थापन गरिएको छ भने बाँकी परिवारको लागि पनि सुरक्षीत जग्गा खोजी भइरहेको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले बताए ।
नयाँ बन्ने बस्तीलाई एकीकृत बस्तीको अवधारणा अनुसार निर्माण गर्ने योजना रहेको छ । सो बस्तीमा आवश्यक सडक, खानेपानी , बिजुली , गुम्बा , सामुदायिक भवन लगाएतको भौतिक पुर्वाधार सहित पर्यटकीय गन्तव्य समेत बनाउने योजना रहेको छ । स्थानियको माग बमोजिम आवश्यक पुर्वाधार को व्यवस्थापन मा आफुले पुर्ण सहयोग गर्ने प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुबोधले बताए ।
बस्तीका लागि जग्गा पाएकोमा स्थानिय खुसि भएका छन् । ३९ जनाको मानवीय क्षति सहित २३४ परिवार विस्थापित गराएको पहिरोबाट प्रभावित सबैलाई व्यवस्थापन गर्नुपर्ने स्थानीय निमा छिरिङ दोङले बताए । उक्त ठाउँमा खानेपानीको समस्या भएको र त्यसको ब्यवस्थापन गरिदिन स्थानीय पुर्णमाया दोङले आग्रह गरिन् ।
सरकारले जग्गा खरिदको लागि दिने ३ लाख रुपैयाँबाट सो जग्गा व्यवस्थापन गरिएको हो भने घर निर्माणका लागि ५ लाख रुपैयाँ अनुदान पाउनेछन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।