स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
उठ्छन् महिला बरै चार बजे रातमा
पहिलो धन्दा बरै भकारो हातमा,
भकारो चैं बरै महिलाको हातमा
दूधको पैसा बरै पुरुषको खातामा,
जवानीको बरै विचल्ली भयो
मन उडेर बरै काँ गयो काँ गयो ।
११३औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ डडुवा यस्तै गीतहरूले गुलजार बने । महिलाहरूले आफ्नो पीडालाई यस्तै गीतबाट प्रस्तुत गरिरहँदा कार्यक्रममा उपस्थित चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सिता थापा सहित वडाध्यक्ष उद्धव नेपाल लगायतका व्यक्तिहरू भावुक बने ।
सन्देशमूलक गीत मार्फत परिवारमा सबै कामको जिम्मेवारी बोक्ने महिलाको आर्थिक पाटोमा भने कुनै हैसियत नहुने महिलाहरूले दर्शाए । आफूले वर्षौँ माया गरेर हुर्काएका खसीबोका तथा पाडापाडी समेत उनीहरूलाई थाहै नदिई श्रीमानले बेचिदिइसकेका हुन्छन् । आफ्नो मेहेनतले हुर्काएका पशुधन होस् वा आफूले दश नङ्ग्रा खियाएर फलाएका फसल, सबैमा पुरुषको नै अधिकार हुने भएपछि अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिलाहरूले यस्ता भावका गीतबाट आफ्ना गुनासा पोखेका थिए ।
चौतारा साँगाचोकगढी नगरपालिका, वडा नंं. १४ र वडा महिला सञ्जालले आयोजना गरेको ¥याली ÷ अन्तक्र्रिया तथा उत्कृष्ट बुहारी सम्मान कार्यक्रममा वडाभित्रका उत्कृष्ट बुहारीहरूलाई सम्मान समेत गरिएको थियो । आफ्नो परिवारमा राम्रो हेरचाह गरेकोले वडाभित्रका ५ जना बुहारीलाई उत्कृष्ट बुहारी सम्मान गरिएको वडा कार्यालयका जीवन भण्डारीले बताए ।
‘आज यस कार्यक्रममा प्रस्तुत भएका गीतहरूले मलाई निकै भावुक बनायो ।’ कार्यक्रमकी प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सिता थापाले भनिन् —‘यसले समाजमा महिला अधिकारको पक्षमा बुलन्द आवाज उठाएको छ र हामी पनि महिलालाई उनीहरूको अधिकार स्थापित गराउने पक्षमा हरदम प्रयत्नशील रहनेछौं ।’ उपप्रमुख थापाले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर समाज तथा परिवारको विशेष ख्याल गर्ने उत्कृष्ट बुहारीको सम्मान गर्न पाएकोमा आफूलाई खुसी लागेको बताइन् ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का अध्यक्ष उद्धव नेपाल, नगर कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, पत्रकार तथा स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।