Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ चैत्र ११, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

महिला दिवसमा सन्देशमूलक गीत र बुहारी सम्मान

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०७९ फागुन २४, बुधबार (२ हफ्ता अघि)
महिला दिवसमा सन्देशमूलक गीत र बुहारी सम्मान

उठ्छन् महिला बरै चार बजे रातमा
पहिलो धन्दा बरै भकारो हातमा,

भकारो चैं बरै महिलाको हातमा
दूधको पैसा बरै पुरुषको खातामा,

जवानीको बरै विचल्ली भयो
मन उडेर बरै काँ गयो काँ गयो ।

११३औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार चौतारा साँगाचोकगढी नगरपालिका  वडा नं. १४ डडुवा यस्तै गीतहरूले गुलजार बने । महिलाहरूले आफ्नो पीडालाई यस्तै गीतबाट प्रस्तुत गरिरहँदा कार्यक्रममा उपस्थित चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सिता थापा सहित वडाध्यक्ष उद्धव नेपाल लगायतका व्यक्तिहरू भावुक बने ।

सन्देशमूलक गीत मार्फत परिवारमा सबै कामको जिम्मेवारी बोक्ने महिलाको आर्थिक पाटोमा भने कुनै हैसियत नहुने महिलाहरूले दर्शाए । आफूले वर्षौँ माया गरेर हुर्काएका खसीबोका तथा पाडापाडी समेत उनीहरूलाई थाहै नदिई श्रीमानले बेचिदिइसकेका हुन्छन् । आफ्नो मेहेनतले हुर्काएका पशुधन होस् वा आफूले दश नङ्ग्रा खियाएर फलाएका फसल, सबैमा पुरुषको नै अधिकार हुने भएपछि अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिलाहरूले यस्ता भावका गीतबाट आफ्ना गुनासा पोखेका थिए ।

चौतारा साँगाचोकगढी नगरपालिका,  वडा नंं. १४ र वडा महिला सञ्जालले आयोजना गरेको ¥याली ÷ अन्तक्र्रिया तथा उत्कृष्ट बुहारी सम्मान कार्यक्रममा वडाभित्रका उत्कृष्ट बुहारीहरूलाई सम्मान समेत गरिएको थियो । आफ्नो परिवारमा राम्रो हेरचाह गरेकोले वडाभित्रका ५ जना बुहारीलाई उत्कृष्ट बुहारी सम्मान गरिएको वडा कार्यालयका जीवन भण्डारीले बताए ।

‘आज यस कार्यक्रममा प्रस्तुत भएका गीतहरूले मलाई निकै भावुक बनायो ।’ कार्यक्रमकी प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सिता थापाले भनिन् —‘यसले समाजमा महिला अधिकारको पक्षमा बुलन्द आवाज उठाएको छ र हामी पनि महिलालाई उनीहरूको अधिकार स्थापित गराउने पक्षमा हरदम प्रयत्नशील रहनेछौं ।’ उपप्रमुख थापाले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर समाज तथा परिवारको विशेष ख्याल गर्ने उत्कृष्ट बुहारीको सम्मान गर्न पाएकोमा आफूलाई खुसी लागेको बताइन् ।

कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का अध्यक्ष उद्धव नेपाल, नगर कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, पत्रकार तथा स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

  • चाैतारा साँगाचाेकगढी नगरपािलका
  • महिला दिवस
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

  • सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

  • समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    • ताजा अपडेट
    • २४ घण्टामा

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    रास्वपा चौताराको अध्यक्षमा रविन निर्वाचित

    ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    ओखलढुंगाको बस सिन्धुलीमा दुर्घटना, ६ जनाको मृत्यु

    सहबासपछि यस्तो गरेमा गर्भ रहदैन (यौन जिज्ञासा र समाधान)

    समाचार
    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0