स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोक जिल्लाको पहिलो सामुदायिक रेडियो रेडियो सिन्धु १०५ मेगाहर्जले १४ वर्ष पुरा भई १५ वर्षमा प्रवेश गरेको अवसरमा अपांगता भएका बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । चौतारा सागाँचोकगढी नगरपालिका ५ मा रहेको श्री कृष्ण आधारभुत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई खाद्य सामाग्री सहयोग गरेको रेडियो सिन्धुका अध्यक्ष तथा स्टेशन म्यानेजर रत्न प्रसाद श्रेष्ठले बताए ।
बौद्धिक अपाङ्गताका अभिभावक संघ, सिन्धुपाल्चोक अध्यक्ष जानकी श्रेष्ठलाई बालबालिकाका लागि खाद्य सामाग्री हस्तान्तरण गरीएको हो । संघको सकृयतामा सो विद्यालयमा ९ जना अपाङ्गता भएका बालबालिकाहरु आवस सहित अध्ययन गर्दै आइरहेका छन् ।
खाद्य सामाग्री हस्तान्तरण गर्दै स्टेशन म्यानेजर श्रेष्ठले अपाङ्गता भएका बालबालिकाहरुका लागि सहयोग गर्न पाउँदा आफूहरु खुशी भएको बताए । रेडियोले छुटेका र चपेटामा पारिएका आवाज विहिनहरुको आवाजलाई वुलन्द गर्ने लक्ष्यका साथ स्थापना गरिएको रेडियोलाई युग सुहाउँदो ढंगले परिवर्तन गर्दै लैजाने श्रेष्ठले प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले सूचना र जानकारी संप्रेषणमा महत्वपूर्ण भूमिका खेल्दै आएको रेडियो सिन्धुले सामाजिक उत्तरदायित्व पनि निर्वाह गरेकोमा प्रशंसा गरे । सञ्चारजगत पनि यही समाजको भएको र सामाजिक सेवाहरुमा प्रत्यक्ष सञ्चारजगतको संलग्नता रहनु सकारात्मक पक्ष भएको भन्दै रेडियो सिन्धुको सदकार्यले अन्य संघ संस्थाहरुलाई पनि सामाजिक कार्यमा जोडिन प्रेरित गर्ने बताउदै अध्यक्ष श्रेष्ठले रेडियोलाई प्रगतिको शुभकामना व्यक्त गरे ।
संघका अध्यक्ष जानकी श्रेष्ठले बार्षिकोत्सवको उपलक्ष्यमा अपाङ्गता भएका बालबालिका लागि जुन सहयोग रेडियो सिन्धुले उपलव्ध गराएको छ, त्यसले रेडियो सिन्धु सूचना, सञ्चारसँग मात्र हैन सामाजिक सवालमा पनि उत्तिकै सकृय भएको सन्देश दिएको बताउदै सहयोगी हात रेडियो सिन्धुलाई धन्यवाद दिइन् ।
वि.सं. २०६५ साल चैत १ गतेदेखि आफनो नियमति प्रशारणमा रहेको रेडियो सिन्धुले नेपाली ,तामाङ भाषामा बिभिन्न मनोरञ्जनात्मक सगैँ विविध कार्यक्रमहरु उत्पादन र प्रशारण गरिरहको छ । दैनिक १८ घण्टा प्रशारण भइरहेको यस रेडियोले नेपाली भाषामा दुई दुई घण्टाको फरकमा सामाचार बुलेटिन प्रशारण गर्दै आइरहेका छ भने साझँ पाचँ बजे तामाङ भाषको समाचार प्रशारण गर्ने गरेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।